• होमपेज
  • देश/प्रदेश
  • आर्थिक अभावले थलिएकी गोमाको उद्धार, उपचारका लागि आर्थिक सहयोग

आर्थिक अभावले थलिएकी गोमाको उद्धार, उपचारका लागि आर्थिक सहयोग

  • बुधबार, साउन ६, २०८३
सेयर गर्नुहोस् :
आर्थिक अभावले थलिएकी गोमाको उद्धार, उपचारका लागि आर्थिक सहयोग

बाजुरा–आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै गम्भीर रोगसँग संघर्ष गरिरहेकी बाजुराको बुढीगंगा नगरपालिका–१० की गोमा जैशीलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ । उनको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक भएपछि बडीमालिका फाउन्डेसन नेपालको पहलमा काठमाडौंस्थित Medical Rehabilitation Organization र Joining Hands for A Change ले सहयोग गर्ने गरी उपचारका लागि लगिएकाे हाे ।

पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश बहादुर सिंहले गोमाको पीडादायी अवस्था सार्वजनिक गरेसँगै उनको उपचारका लागि देश तथा विदेशबाट विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग समेत गरेका छन् । हालसम्म बुढीनन्दा नगरपालिका १० बस्ने मंगल थापाले २० हजार, दावा शेर्पाले १५ हजार, पोर्चुगलमा रहनुभएकी गीता शाहीले २५ हजार, रोमानियामा रहनुभएका धर्म रावलले ५ हजार, डोटी सायल–१ छपाली खानकोटका किरण थापाले ३ हजार २५ तथा बाजुरा हिमाली–५ क्युडका सुरेन्द्र ल्वारले एक हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

गोमाका बुवाको यसअघि नै निधन भइसकेको छ भने परिवारमा आमाबाहेक सहारा दिने अन्य कोही छैनन् । आर्थिक अभावका कारण लामो समयदेखि उपचार गराउन नसक्दा उनी घरमै रोगसँग संघर्ष गर्न बाध्य थिइन् । गोमाको जीवन बचाउने अभियानमा सबैलाई आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्न अपिल गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार