सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • चौतर्फी आलाेचनापछि आठ बर्षदेखि अलपत्र बार्जुगाड पुलको काम सुरु

चौतर्फी आलाेचनापछि आठ बर्षदेखि अलपत्र बार्जुगाड पुलको काम सुरु

  • बिहिबार, फाल्गुन १७, २०८०
चौतर्फी आलाेचनापछि आठ बर्षदेखि अलपत्र बार्जुगाड पुलको काम सुरु
फाइल तस्विर

टेकबहादुर बुढा– बेतालमाण्डौ डेल्टा सडक खण्ड खप्तड छेडेदह गाउँपालिका ३ र बुढिगंगा नगरपालिका ४ को बिचमा रहेको बार्जुगाडको अलपत्र पुलको काम सुरु गरेको छ । चौतर्फी दवाफपछि निर्माण कम्पनीले काम गर्न सुरु गरेको हो । बार्जुगाडमा नदिमा ८ बर्षदेखि पक्की पुल निर्माण कार्य अलपत्र पारेको निर्माण कम्पनीले कामको थालनी गरेको खप्तड छेडेदह गाउँपालिकाले जनाएको छ । दुई बर्षमा निर्माण गरि सक्नुपर्ने पक्की पुल ८ बष सम्म पनि सो पुलको काम नभएपछि जिल्ला स्थित सरोकार निकायले दिएको दवावपछि निर्माण कार्यलाई अगाडी बढाएको पाईएको छ ।
२०७३ सालमा तत्कालीन जिल्ला विकास समितिद्धारा दुई बर्षमा सम्पन्न गर्ने गरि ठेक्का भएको थियो । पक्की पुल निर्माणका लागि २ करोड २९ लाखमा ठेक्का गर्दै अछामको साउँद एडभेन्चर जेभीले जिम्मा लिएको थियो । पुल निर्माणको सम्झौता अनुसार ०७५ सालमा सक्नुपर्ने थियो तर समयमा काम नसकेपछि उक्त पुल निर्माणको जिम्मा संघिय संरचना पश्चात पुर्वाधार विकास कार्यालय साँफेवगर अछामले सचालन गर्ने गरि अनुमती लिएको थियो ।
पुर्वाधार विकास कार्यालय साँफेबगरले पुल निर्माणको जिम्मा लिएपनि ८ बर्ष बितिसक्दा पनि पुल निर्माण कार्य अलपत्र परेको छ । सरोकारवाला निकायले ध्यान नदिँदा र ठेकेदारको चरम लापरवाहीले समयमै काम नभएको स्थानियले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार