बिहिबार, असार ३२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • एमालेका पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

एमालेका पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • बिहिबार, असार ३२, २०८३
सेयर गर्नुहोस् :
एमालेका पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

बन्दी प्रत्यक्षकरण रिटको सुनवाइमा सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागार मुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । सुनवाइको भोलिपल्टै कोइरीलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो। गत १९ असारको कैदी पुर्जी कानुन सम्वत नरहेकोले उनलाई थुनामुक्त गर्न आदेशमा भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार