बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • ७ बर्ष देखी बार्जुगाड नदिमा पुल निर्माण अलपत्र

७ बर्ष देखी बार्जुगाड नदिमा पुल निर्माण अलपत्र

  • बुधबार, पुस १३, २०७९
७ बर्ष देखी बार्जुगाड नदिमा पुल निर्माण अलपत्र

टेक बहादुर बुढा–बाजुराको बेतालमाण्डौ डेल्टा सडक खण्डको बार्जुगाड नदिमा ७ बर्ष देखी पक्कि पुल निर्माण अलपत्र अबस्थामा रहेको छ । खप्तड छेडेदह गाँउपालिका ३ र बुढिगंगा नगरपालिका ४ को बिचमा रहेको बार्जुगाड नदिमा ७ बर्ष समय बितिसक्दा सम्म पनि पुल बन्न सकेको छैन ।
तत्कालिन जिल्ला विकास समितिले २०७३ सालमा २ बर्षमा सम्पन्न गर्ने गरि ठेक्का गरेको थियो । २ करोड २९ लाखमा भएको ठेक्का अछामको साउद एडभेन्चर जेभीले जिम्मा लिएको थियो । सम्झौता अनुसार ०७५ सालमा सक्नुपर्ने रहेको थियो । समय काम नसकेपछि उक्त पुल निर्माणको जिम्मा सडक पुर्वाधार विकास कार्यलय साँफेबगर अछामले लिएको थियो ।
पुर्वाधार कार्यलयले जिम्मा लिएको भएपनि पुल निर्माण अलपत्र अबस्थामा रहेको छ । स्थानिय दिपक रावतका अनुसार ठेकेदारको कमजोरीका कारणले समयमै काम नभएर अलपत्र अबस्थामा रहेको वताएका छन् । धेरै समय सम्म त ठेकेदार नै सम्पर्क बिहिन रहेको रावतले वताए । तत्कालिन जिल्ला विकास समिति नयाँ संरचना अनुसार निष्कृय भए सँगै सडक पुर्वाधार कार्यलय विकास कार्यलय साँफेले काम गर्ने जिम्मा लिएको हो ।
पुर्वाधार विकास कार्यलय अछामका प्रमुख रुद्ध बोगटीले भने यो आर्थिक बर्षको असार सम्म पुल निर्माण गरिसक्ने वताए । बिगतमा कोभिड, ठेकेदारको कमजोरी लगायत अन्य कारणले काम हुन नसकेको यो आर्थिक बर्ष काम सम्पन्न गरेर गाडि गुडने बनाइसक्ने बोगटीले वताए । यो आर्थिक बर्षमा सम्म अन्तिम सम्झौताको म्याद थप रहेको कार्यलयले जनाएको छ ।
निर्माण जिम्मा पाएको साउद एडभेन्चर जेभीका सञ्चालक जय बहादुर साउदले काम गर्ने वाताबरण नभएको समयमै काम गर्न नसकेको वताएका छन् । शुरुका २ बर्ष जिल्ला विकास समितिले बाटो दिन सकेन पछि कोभिडका कारणले काम गर्न नसकेको भन्दै बचावट गरेका छन् । निर्माण हुन लागेको पुल ट्रस ब्रिज रहेको दुइ महिना भित्र पुल निर्माण गरिसक्ने वताएका छन् । ट्रस ब्रिज बुटबलमा बनाइसकेको ढुवानी गरेर चाडो भन्दा चाडो काम सम्पन्न गर्ने साउदले वताए । यो सडक सदरमुकाम मार्तडी जोड्ने बैकल्पिक मार्गका रुपमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार