सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • दुई बर्षमा सक्नुपर्ने बार्जुगाड पक्की पुल ८ बर्षदेखि अलपत्र

दुई बर्षमा सक्नुपर्ने बार्जुगाड पक्की पुल ८ बर्षदेखि अलपत्र

सरोकारवालाले चासो नदिँदा ठेकेदारको लापरवाही

  • मङ्लबार, मंसिर २६, २०८०
दुई बर्षमा सक्नुपर्ने बार्जुगाड पक्की पुल ८ बर्षदेखि अलपत्र

टेकबहादुर बुढा/बाजुरा–  दुई बर्षमा निर्माण गरि सक्नुपर्ने पक्की पुल ८ बर्षदेखि अलपत्र परेको छ । बेतालमाण्डौ डेल्टा सडक खण्ड खप्तड छेडेदह गाउँपालिका ३ र बुढिगंगा नगरपालिका ४ को बिचमा रहेकाे बार्जुगाड नदिमा ८ बर्षदेखि पक्की पुल निर्माण कार्य अलपत्र परेको हो ।

२०७३ सालमा तत्कालीन जिल्ला विकास समितिद्धारा  दुई बर्षमा सम्पन्न गर्ने गरि ठेक्का भएको थियो । पक्की पुल निर्माणका लागि २ करोड २९ लाखमा ठेक्का गर्दै अछामको साउँद एडभेन्चर जेभीले जिम्मा लिएको थियो । पुल निर्माणको सम्झौता अनुसार ०७५ सालमा सक्नुपर्ने थियो तर समयमा काम नसकेपछि उक्त पुल निर्माणको जिम्मा स‌ंघिय स‌ंरचना पश्चात  पुर्वाधार विकास कार्यालय साँफेवगर अछामले स‌चालन गर्ने गरि अनुमती  लिएको थियो ।

पुर्वाधार विकास कार्यालय साँफेबगरले पुल निर्माणको जिम्मा लिएपनि ८ बर्ष बितिसक्दा पनि पुल निर्माण कार्य अलपत्र परेको छ । सरोकारवाला निकायले ध्यान नदिँदा र ठेकेदारको चरम लापरवाहीले समयमै काम नभएको स्थानियले बताएका छन । एउटा पक्की पुल निर्माणको ८ बर्षसम्म पनि नबनेर अलपत्र पर्दा समेत याँहाका स्थानिय तह तथा सरोकारवाला कानमा तेल हालेर बसेका त्याँहाका स्थानियले आरोप लगाएका छन ।

उक्त नदिमा पुल नहुँदा स्थानियबासी र विद्यार्थीलाई विद्यालय आवत जावत गर्न  समस्या भइरहेको स्थानिय विर बहादुर बुढाले बताए । ८ बर्ष बितिसक्दा पनि पुल नबन्दा स्थानियले आशै आशमा सास्ती भोग्नु परिरहेको उनले बताए । नदिमा पक्की पुल नहुँदा बर्षातको समयमा उर्लेर आउने भएकाले खोलामा वारपार गर्ने नसकिने स्थानिय बुढाको भनाइ छ ।

बर्षातमा खाला उर्लेर आउँदा बिरामी तथा बिद्याथीलाई वारपार गर्न समस्या हुने र ज्यान नै जोखिममा पारेर खोलामा आवतजावत गनुपर्ने बाध्यता रहेको अर्का स्थानिय खडक खड्काले बताएका छन । उनले भने खोलामा पुल बन्न लागेको ८ बर्ष बित्यो अहिलेसम्म न पुल बन्यो न त ठेकेदार नै आयो । उक्त नदिमा पुल नभएकै कारण यस बर्षको बर्षातमा एक जनाले ज्यान गुमाइसकेका छन ।

पुर्वाधार विकास कार्यालय अछामका प्रमुखले भने अघिल्लो आर्थिक बर्षमै पुल निर्माण गरिसक्ने भएपनि केहि सामग्री समयमै नआएकाले बन्न नसकेको भन्दै ठेकेदारकाे पक्षाबाट बचावट गरेका छन । उनले् भने अघिल्लो बर्ष काम गर्न सकिएन्, यस बर्षको बर्षातमा झन पानी आउछ सम्भव नै भएन, अब पौष महिनाको पहिलो साताबाट काम सुरु गर्छौ । केहि सामान गत जेठमै त्याँहा पुगिसकेको र अब बेरीङ लगायतका केहि सामान आउँन बाकी रहेकाले ति सामान पुग्ने बित्तिकै काम सुरु हुने पुर्वाधार विकास कार्यालय अछामका प्रमुखले बताए । यस विषयमा अछामको साउँद एडभेन्चर जेभीका सञ्चालक जय बहादुर साउँदलाई टेलिफोन सम्पर्क हुन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार