बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदहका दुर्गम गाउँमा पुग्यो बिद्युत सेवा

खप्तड छेडेदहका दुर्गम गाउँमा पुग्यो बिद्युत सेवा

  • आइतवार, माघ २१, २०८०
खप्तड छेडेदहका दुर्गम गाउँमा पुग्यो बिद्युत सेवा

 टेक बहादुर बुढा– बाजुराको खप्तड छेडेदह गाउँपालिकाका दुर्गम गाउँमा बिधुत सेवा सुरु भएको छ । खप्तड छेडेदह गाउँपालिकाको वडा नंः ५, ६ र ७ मा राष्ट्रिय प्रशारण लाइनको बिजुली पुगेपछी स्थानिय खुसी भएका छन । राष्ट्रिय प्रशारण लाइनको बिद्युत जडानपछि दुर्गम गाउँमा उज्यालो बन्दै गएका छन ।

नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले केहि समयभित्र पालिकाका सबै गाउँ गाउँमा बिजुली पुर्याउने लक्ष्यका साथ सो कार्यलाई तिव्रता दिएको जनाएको छ । खप्तड छेडेदह गाउँपालिकाको वडा नंः ५, ६ र ७ मा राष्ट्रिय प्रशारण लाइनको ३३ केभी बिद्युत पुगेको छ भने अन्य वडाहरुमा चाडै बिजुली बाल्नका लागि जडान कार्य तिब्र गतिमा भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको केन्द्र वडा नंः ५ डोगडीमा शनिवार एक औपचारिक कार्यक्रमका बिच राष्ट्रिय प्रशारण लाइनको बिद्युत उद्धाटन गरिएको छ । वडाभरिका ७ सय ४० परिवारमा नै राष्ट्रिय प्रशारण लाइनको बिद्युत बाल्ने गरि अहिले केहि गाउँमा जडान भएर बत्ती बलिसकेको छ भने केहि गाउँमा जडान भइरहेको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले बताए ।
अहिले गाउँपालिकाका छेउछाउका केहि गाउँमा बिजुली बलिसकेको छ भने केहि गाउँमा जडान भइरहेकाले एक दुई दिनमै बत्ती बल्ने नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले जनाएको छ ।

वडाभरिका ७ सय ४० परिवारका लागि तिन ठाउँमा स्थानिय लघुजलबिद्युत थिए । एउटा वडामा मात्रै ३ लघुलजबिद्युत भएपनि बर्षामा बाढी पहिरो र हिँउदमा पानी अपुग हुने हुँदा बढ्दो परिवार सङख्यालाई बत्ती बाल्नै समस्या हुने गरेकोले राष्ट्रिय प्रशारणको लाईन बिस्तार भएसंगै गाउँपालिकाको पहलमा बिधुत लाईन बिस्तारका लागि पहल गरिएको गाउँपालिका अध्यक्ष रावतले बताए । डोगडीमा १४ किलोवाटको फुजनगाड लघुजलबिद्युत, ६ किलोवाटको सिउनगाड लघुजलबिद्युत र ४ किलोवाटको सिदुरेगाड लघुजलबिद्युत रहेका थिए ।
गाउँपालिकाको केन्द्रमा नै ठुलो क्षमता भएका बिद्युत नहुँदा यसअघि गाउँपालिकाको कार्यालय, बिद्यालय, वडा कार्यालयमा सोलावरबाटै कामकाज हुदैँ आएको थियो ।

व्यापार व्यावसाय तथा सरकारी कामकाज त टाढाको कुरा हो मबाइल चार्ज समेत नहुने गाउँका बिद्युतदेखि दिक्काइ सकेका डोगडीका स्थानियबासी अब घरघरमा राष्ट्रिय प्रशारण लाइनको बिद्युत बलेपछि खुसी भएका छन् । गाउँ-गाउँमा विद्युत् विस्तार हुन थालेपछि स्थानीय पनि हर्षित भएका छन्।
डोगडीमा २०७५ सालमा राष्ट्रिय प्रशारण लाइनको बिद्युत जडानका लागि पोल गाडेका भएपनि बिजुली जल्न सकेको थिए । लामो समयको प्रयास पछि अलपत्र परेको कामलाई निरन्तरता दिएर वडालाई उज्यालोमय बनाउने उदेश्यका साथ लागेर अहिले वडामा राष्ट्रिय प्रशारण लाइनको बिजुली बाल्न सफल भइएको वडा अध्यक्ष जित बहादुर रावतले बताए ।

डोगडीमा राष्ट्रिय प्रशारण लाइनको बिद्युत पुगेसंगै खप्तड छेडेदहका ५, ६ र ७ वडाका सबै गाउँमा पूणर्रुपमा बिजुली पुगेको छ । ६ र ७ का केहि गाउँमा बिद्युत जडान गर्ने काम भइरहेकाले अबको केहि दिनमा पुरै वडामा बत्ती बल्ने नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बाजुराका प्रमुख राजेशकुमार झाले बताएका छन् । विद्युत् प्राधिकरणले गाउँपालिकाका केन्द्रीय लाइन नपुगेका ठाउँलाई प्राथमिकतामा राखेर काम जारी राखेको छ । गाउँपालिका लगायत सम्पूणर् जन समुदायको साथ सपोट रहेसम्म अबको केहि समयमै गाउँपालिकाभरि नै राष्ट्रिय प्रशारण लाइनको बिद्युत बाल्ने लक्ष्य नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले राखेको छ ।

०८० मंसिर महिनामा बाजुरा आएका वितरण केन्द्र प्रमुख राजेशकुमार झाले याँहाका जनप्रतिनिधिहरुले बत्ती बाल्न भन्दै पटक पटक गुनासो गरेपछि पहिलोपटक पालिकामा आएर बत्ती बाल्न सफल भएको उनले बताए ।
अहिले ५ नंः वडामा ५ सय मिटर बाल्न सक्ने स्थितिमा आफू रहेको र अबको केहि दिनमै ६ र ७ पुरै वडामा पनि बत्ती बल्ने उनले बताए । उद्धाटन कार्यक्रममै प्रमुख झाले स्रोत साधनले भ्याएमा र सबैको साथ सपोट रहेसम्म आफ्नो कार्यकालमा पुरै गाउँपालिकालाई उज्यालोमय बनाउने प्रतिबद्धता जनाएका छन् ।

यसैगरि गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले लामो समयको पहल पछि बिद्युत प्राधिकरणको सहयोगमा वडा भरिमा बत्ती बाल्न सफल भइएको बताएका छन् । आज बिद्युत उद्धाटन भएपनि वडाका केहि गाउँमा जडान कार्य भइरहेकाले अबको एक दुई दिनमा सबै घरघरमा बत्ती बल्नेमा आफू ढुक्क रहेको अध्यक्ष रावतले बताए । गाउँपालिकालाई बिद्युतमय बनाउन नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बाजुरा पनि सकारात्मक भएकाले गाउँपालिकाबाट गर्नुपर्ने सहयोगका लागि सदैव तत्पर रहेको अध्यक्ष रावतले बताए । आफू जननिर्वाचित भइसकेपछि गाउँपालिकामा बिद्युत मात्रै नभइ जनताका चाहना र आवश्यकता अनुसार विकास निर्माणका कार्यका लागि रातदिन नभनि खट्ने गाउँपालिका अध्यक्ष रावतले प्रतिबद्धता जनाएका छन् ।

बर्षौदेखि वडाबासी बिजुलीकै समस्या खेपिरहेका स्थानियबासीका घरघरमा राष्ट्रिय प्रशारण लाइनको बिद्युत पुर्याउन महत्वपूणर् सहयोग गरेको र रातदिन नभनी काममा खटेर आज वडामा बत्ती बाल्न सफल भएको भन्दै वडा अध्यक्ष जित बहादुर रावतले नेपाल बिद्युत प्राधिकरण बाजुरालाई धन्यवाद दिएका छन् । आफ्नो वडामा राष्ट्रिय प्रशारण लाइनको बिद्युत बलेपनि अब पालिकाका सबै वडामा बत्ती बाल्न नेपाल बिद्युत प्राधिकरणसंगै सबैले सक्रियताका साथ लाग्नुपर्नेमा अध्यक्ष रावतले जोड दिएका छन् ।

शनिवार गाउँपालिकाका जनप्रतिनिधि र नेपाल बिद्युत प्राधिकरण बाजुराको टोली सहितले ५ नंः वडा भरिमा बिद्युत जडान कार्यको संयुक्त अनुगमन पछि गाउँपालिकाको कार्यालयमा उद्धाटन गरिएको थियो । बिद्युत उद्धाटन कार्यक्रमका प्रमुख अथिति तथा गाउँपालिका अध्यक्ष दिल बहादुर रावत र नेपाल बिद्युत प्राधिकरण बाजुराका प्रमुख राजेशकुमार झाले बटन थिचेर उद्धाटन गरेका हुन् । कार्यक्रममा ६ जना स्थानियलाई बिद्युत मिटरसमेत वितरण गरिएको थियो ।

No description available.

No description available.

वडा अध्यक्ष जित बहादुर रावतको अध्यक्षतामा सञ्चालन भएको उद्धाटन कार्यक्रममा प्रमुख अथितिमा गाउँपालिका अध्यक्ष दिल बहादुर रावत रहेका थिए । अथितिमा नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बाजुराका प्रमुख राजेशकुमार झा, अन्य कर्मचारी, निवर्तमान गाउँपालिका अध्यक्ष नर बहादुर रावत, वडा नंः ७ का अध्यक्ष खगेन्द्र रावत, वडा सदस्य, ठेकेदार पदम साउँद, हिमालयन बैंकका कर्मचारी, स्थानिय, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य वडा नंः ७ का वडा अध्यक्ष खगेन्द्र रावतले राखेका थिए ।

चर्चामा

सम्बन्धित समाचार