शनिबार, असार २७, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बझाङमा जिप दुर्घटनाः ३ जनाको मृत्यु , घाइतेलाई लैजान हेलीकोप्टर उड्यो

बझाङमा जिप दुर्घटनाः ३ जनाको मृत्यु , घाइतेलाई लैजान हेलीकोप्टर उड्यो

  • शनिबार, असार २७, २०८३
सेयर गर्नुहोस् :
बझाङमा जिप दुर्घटनाः ३ जनाको मृत्यु , घाइतेलाई लैजान हेलीकोप्टर उड्यो

 बझाङको केदारस्यूँ गाउँपालिका–७, मा शनिबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जनाको अवस्था गम्भीर रहेको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले तीन जनाको घटनास्थलमै मृत्यु भएको पुुष्टि गरेका छन् । उनकाअनुसार अन्य पाँच जनाको अवस्था गम्भीर छ ।

उनीहरुको उद्दारका लागि सुर्खेतबाट केही बेरअघि हेलीकोप्टर उडेको प्रजिअ केशरीले जानकारी दिए । दुर्घटनाबारे अन्य विस्तृत विवरण भने प्राप्त हुन बाँकी रहेको उनी बताउँछन् । तर, घटनास्थल टाढा र भौगोलिक रुपमा विकट भएका कारण समस्या भइरहेको हो । जिपमा के कति मानिस सवार थिए ? भन्ने कुरा यकिन भइसकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार