बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

  • बिहिबार, माघ १८, २०८०
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

बाजुरा —बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधवार राति खप्तड छेडेदह गाउँपालिका २ का ८४ बर्षका दान बहादुर बुढाको मृत्यु भएको हो ।

राति घरमा चट्याङ पर्दा बुढाको मृत्यु भएको छ भने घरका अन्य सदस्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरमा रहेका दुई वटा बाख्रा समेत मरेका जिल्ला प्रहरी कार्यालय बाजुराले बडिमालिका खबरलाई जानकारी दिएको छ ।

अहिले प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको र क्षेतिको एकिन विवरण आउँन बाँकी रहेको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार