शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • भोलि पनि तीनकुनेमा प्रदर्शन गर्ने दुर्गा प्रसाईंको घोषणा

भोलि पनि तीनकुनेमा प्रदर्शन गर्ने दुर्गा प्रसाईंको घोषणा

  • शुक्रबार, मंसिर ८, २०८०
भोलि पनि तीनकुनेमा प्रदर्शन गर्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौँ — गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंले भोलि पनि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् । शुक्रवार साढे ४ बजे ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै शनिवार तीनकुनेमा हुने प्रदर्शनमा आफू पनि सहभागी हुने बताए ।

उनले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाए । उनले आफू गोली खान वा जेल जान तयार रहेको बताउँदै आफू आन्दोलन छोडेर नभाग्ने उल्लेख गरे ।

उनले आफूलाई नजरबन्दमा राखिएको बताउँदै राजनीतिक दलहरू एकातिर आफू र आफ्नो पक्षमा रहेका जनताहरू प्रतिपक्ष रहेको दाबी गरे ।

प्रसाईँले आफ्ना मान्छेलाई सरकारले पार्टी प्यालेसमा लगेर नजरबन्दमा राखिएको र २७ सय जनालाई पक्राउ गरेको बताए ।

पहिलो दिनको आन्दोलनपछि पत्रकार सम्मेलन गर्दै प्रसाईंले अर्को दिनको आन्दोलनमा श्रीलंका मोडेलमा नेताका घर घरमा गएर आन्दोलन गर्ने बताएपछि शुक्रवार प्रहरीले उनलाई घरबाट नदिई थुनेर राखेको थियो । यता तीनकुनेमा प्रदर्शनका लागि आएका उनका समर्थकहरूलाई पक्राउ गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार