आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आज राति ८ सय मोबाइल सेट ब्लक गरिने, पहिलो चरणमा ‘हाइप्रोफाइल’लाई लक्षित

आज राति ८ सय मोबाइल सेट ब्लक गरिने, पहिलो चरणमा ‘हाइप्रोफाइल’लाई लक्षित

  • सोमवार, कार्तिक २०, २०८०
आज राति ८ सय मोबाइल सेट ब्लक गरिने, पहिलो चरणमा ‘हाइप्रोफाइल’लाई लक्षित

धनगढी— आज (सोमबार) राति ९ बजेदेखि उच्च मूल्यका आठ सय मोबाइल सेट ब्लक हुने भएका छन्।

सरकारको निर्देशनअनुसार तोकिएको समयभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)मा दर्ता नभएका मोबाइल सेट सोमबारदेखि ब्लक गर्ने भएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा उच्च मूल्यका नयाँ सिरिजका मोबाइल सेट ब्लक गर्ने तयारी गरेको छ।

करिब १० हजारवटा उच्च मूल्यका सेट एमडिएमएसमा दर्ता नभएको पाइएको प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले बताए। त्यसमध्ये सोमबार पहिलो दिन आठ सयवटा सेट ब्लक गरिनेछन्। क्रमिक रूपमा प्रत्येक दिन आठ सयदेखि एक हजारवटा सेट ब्लक गरिने उनले बताए ।

पहिलो चरणमा प्राधिकरणले हाइप्रोफाइललाई लक्षित गरेको छ। ‘नियम सबैले पालना गर्नुपर्छ। त्यसैले पहिलो चरणमा हाइप्रोफाइल व्यक्तिलाई नै नियमको दायराभित्र ल्याउने कोसिस गरेका हौँ,’ उनले भने। ब्लक भएका मोबाइल सेट पुनः खुलाउन सकिने वा नसिकने भन्ने विषयमा भने प्राधिकरणले कुनै निर्णय गरेको छैन।

चर्चामा

सम्बन्धित समाचार