शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सरुवा भएका बझाङका प्रजिअ पाण्डेयले गरेका कामहरु सार्बजनिक

सरुवा भएका बझाङका प्रजिअ पाण्डेयले गरेका कामहरु सार्बजनिक

  • सोमवार, कार्तिक २०, २०८०
सेयर गर्नुहोस् :
सरुवा भएका बझाङका प्रजिअ पाण्डेयले गरेका कामहरु सार्बजनिक

बझाङ–   बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आफु जिल्लामा सुरुवा भएर आइ सकेपछि भए गरेका कार्यसम्पादन सार्बजनिक गरेका छन । आफुले जिल्लामा रहदा सबै बाट साथ सहयोग पाएर नै बिकास ,सुशासन ,बिपत लगाएतमा आफनो बुद्धि बिबेकले भ्याए सम्म काम गर्न सफल भएको पत्रकार सम्मेलन मार्फत बताएका हुन ।

इलाका प्रशासन कार्यालय, चन्द्रौटा, कपिलवस्तुबाट सुरुवा भएर २०७९ साल माघ ११ गते उनले जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी समालेका थिए । जिल्लामा हाजिर भैसकेपछि प्रजिअ पाण्डेयले माघ १७ गते नै कार्यालय समय सुरु हुनुभन्दा अगाडि कार्यालयका सम्पूर्ण कर्मचारीहरुले पोशाकमा राष्ट्रिय गानमा उपश्थिती भए पश्चात मात्र कार्यालयको दैनिक सेवा सुरु गर्ने कार्यको सुभारम्भ  गरेका थिए ।
आरएनसि ट्रेनिङ प्राली नामक सँस्थाले प्रक्रिया पूरा नगरी जिल्लाका युवा युबतीलाइ बिभिन्न लोप देखाइ ठगी गरेको र उद्देश्य अनुरुप काम गरेको समेत नपाइएकोले उक्त सँस्था बन्द गरिएको , जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले नागरिकता लगायतका अन्य विभिन्न सेवा लिँदा निकै समस्या झेल्नु परेको भन्दै सहजताको लागी जिल्ला हुलाक कार्यालयसँग आवश्यक समन्वय गरी जिल्ला प्रशासन कार्यालयबाटै हुलाक टिकट पाइने व्यवस्था गरीएको र नेपाल टेलिकम सँगको समन्वय र सहकार्यमा कार्यालयमा नै मोबाइलका लागि मल्टी चार्जरको व्यवस्था गरीएको , जिल्ला सम्प पुग्न नसकेर नागरीकता बाट बञ्चि भएका जेष्ठ नागरीकहरुलाइ बिभिन्न पालिकामा पुगेर नागरीकता प्रदान गरीएको लगाएतका १ सय १० वटा महत्व पुर्ण काम गरेको प्रजिअ पाण्डेयले बताए ।

साथै उहाले भुकम्प पिडितहरुको लागी आएको राहत सामग्री समेत एकद्धार प्रणालीबाट नै बितरण गर्न निर्देशन आफुलाइ आएकाले पारदर्शि बनाउन निर्देशन अनुसार नै जिल्ला प्रशासन कार्यालयबाट राहत बितरण गरीएको बताए । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय सरुवा भएर सुर्खेत जाने भएका छन । उनको ठाउमा गृह मन्त्रालयबाट बिश्वामित्र कुइकेल आउने भएका छन ।

चर्चामा

सम्बन्धित समाचार