आइतवार, असार १४, २०८३
  • होमपेज
  • देश
  • बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

  • शुक्रबार, साउन ५, २०८०
सेयर गर्नुहोस् :
बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

बैतडी —  बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्।

जिल्लाको सुर्नया गाउँपालिका–३ तडिगाउँको भट्ट परिवारका पाँच जना सदस्य बिरामी परेका हुन्। बिरामी हुनेमा ३५ वर्षीय टेकराक भट्ट, ३५ वर्षीया धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा र ८ वर्षीय डब्लु रहेका छन्।

सबै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ। उनीहरुमध्ये शारदाबाहेक सबै बेहोस अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार