बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • रौतहटमा धारिलो हतियार प्रहार गरेर एक पुरुषको हत्या

रौतहटमा धारिलो हतियार प्रहार गरेर एक पुरुषको हत्या

  • शुक्रबार, असार २९, २०८०
रौतहटमा धारिलो हतियार प्रहार गरेर  एक पुरुषको हत्या

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा एक पुरुषको घरमै हत्या भएको छ ।

देवाही गोनाही ६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको आफ्नै घरमा हत्या भएको हो । आफ्नै कोठामा रहेको खाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

‘राति सुतेकै स्थानमा साहको हत्या भएको हो,’ रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले भने, ‘उनको घाटीमा धारिलो हतियारले प्रहार भएको देखिएको छ ।’ मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको उनले बताए ।

घटनाका बारेमा अनुसन्धान गर्न मृतकको श्रीमतीसँग सोधपुछ भइरहेको उपरीक्षक बुढामगरले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा मृतककी श्रीमतीले राति चारजना मान्छेहरु घर भित्र प्रवेश गरी आफूलाई छेउको कोठामा थुनेर श्रीमानको हत्या गरेको बताएकी छिन ।

हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार