बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • डडेल्धुरामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

डडेल्धुरामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

  • शुक्रबार, असार २९, २०८०
डडेल्धुरामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

डडेल्धुरा —  डडेल्धुरामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ।

जिल्लाको पर्शुराम नगरपालिका वडा नम्बर–५ मा सिद्धानाथ सामुदायिक वनभित्र जोगबुढा वन उपभोक्ता समिति र स्थानियहरुले बोटबिरुवा वृक्षारोपरण गर्ने क्रममा बिहीवार साँझतिर एक नाले भरुवा बन्दुक बेवारिसे अबस्थामा फेला पारेका थिए।

बन्दुक फेला पर्नासाथ स्थानियहरुले प्रहरीलाइ जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई उक्त भरुवा बन्दुक बरामद गरि नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार