शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बिद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आयाेजना

बिद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आयाेजना

  • सोमवार, फाल्गुन १, २०७९
बिद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आयाेजना

बाजुरा — बिद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धी सुपरभाईजरहरुलाइ २ दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । युएसडिए र बिस्व खाद्य कार्यक्रमको आथिक सहयोग तथा एकिकृत बिकास समाज आइडिएस नेपालको प्राबिधीक सहयोगमा सो कार्यक्रमको आयोजना गरिएको हो । बिगत लामो समय देखी बाजुरामा बिद्यालय स्वास्थ्य तथा पोषणका क्षेत्रमा काम गर्दै आएको एकिकृत बिकाश समाजले पालिका स्तरका बिद्यालय सुपरभाईजरहरुलाई अभिमुखरण कार्यक्रमको आयोजना गरिएको आइडिएस नेपालले जनाएको छ ।
बिगतको सिकाइ र अव कसरी काम गर्न सकिन्छ भन्ने उदेस्यका साथ अभीमुखीकरण कार्यक्रमको आयोजना गरिएको आइडिएस नेपालका कार्यक्रम संयोजक प्रेम खनालले बताए । बिद्यालय क्षेत्रमा पोषण र स््वास्थ्य क्षेत्रमा काम गर्दै आएको र त्यसको प्रतिफल र त्यसको प्रभावकारीताका बिषयमा अव कसरी जान सकिन्छ भन्ने बिषयमा २ दिन सम्म छलफल हुने उनले बताए ।
जिल्ला सदरमुकाम मार्तडी स्थित रोयल होटलमा एक कार्यक्रमका बिच सो कार्यक्रम संचालन गरिएको छ । दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्धघाटन कार्यक्रम जिल्ला शिक्षा बिकास समन्वय ईकाई बाजुराका प्रमुख हर्क बहादुर सिंहको अध्यक्षतामा संचालन भएको थियो । आईडिएस नेपालका कार्यक्रम संयोजक प्रेम खनालले संचालन गरेको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए ।
कार्यक्रममा गैसस महासंघ बाजुराका अध्यक्ष कृष्ण अधिकारी, आईडीएस नेपालका कार्यकारी निर्देशक प्रकाश कोइराला, बिश्व खाध्य कार्यक्रम प्रतिनिधी बिषिष्ठ अतिथि रहेको थिए । कार्यक्रमका नौ ओटै स्थानिय तहका पालिका स्तरिय बिद्यालय सुपरभाईजर लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार