बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाचार
  • बझाङ प्रहरी चुक्दै,२४ घन्टा बित्दा पनि भेटिएनन् मोटरसाइकल चालक

बझाङ प्रहरी चुक्दै,२४ घन्टा बित्दा पनि भेटिएनन् मोटरसाइकल चालक

  • मङ्लबार, माघ २४, २०७९
बझाङ प्रहरी चुक्दै,२४ घन्टा बित्दा पनि भेटिएनन् मोटरसाइकल चालक

अर्थ जङ्ग शाही/बझाङ– बझाङमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान धनगढीबाट बझाङ आउँदै गरेको मालवाहक ट्रक र चैनपुरदेखि बागथलातर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २५ वर्षीया अमृता खत्रीको मृत्यु भएको हो । खत्री ४ महिनाकी गर्भवती भएको प्रहरीको भनाइ छ ।

दुर्गाथली गाउँपालिका–३ रकैल घर भएकी खत्री चार महिनाकी गर्भवतीसमेत रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेश अवस्थीले बताए ।
सुपप्र ०१०१० प ५३१७ नम्बरको मोटरसाइकल सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रकसँग जयपृथ्वी राजमार्गमा पर्ने केदारस्युँ गाउँपालिकाको बज्वा भन्ने ठाउँमा ठोक्किएको थियो । मृतक खत्री मोटरसाइकलको पछाडि बसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ट्रकचालक दीपेन्द्र साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक नारायण जोशी भने दुर्घटनापछि फरार रहेको प्रहरीले बताएको छ । जोशी र मृतक खत्री एउटै गैरसरकारी संस्थामा कार्यरत रहेको पनि खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए ।

चर्चामा

सम्बन्धित समाचार