शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • शुक्रबार, माघ ६, २०७९
सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ उपत्यकालगायत देशको मध्य तथा तराई क्षेत्रमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव प्रभावले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली हुँदा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

हेर्नुहोस् महाशाखाको बुलेटिन

चर्चामा

सम्बन्धित समाचार