बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

  • बिहिबार, माघ ५, २०७९
लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत पाएका छन् । बिहिवार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनकाे चौँथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री गिरिले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका र स्वतन्त्र गरि ५७ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा २८ मत परेको छ । नेपाली काग्रेस र जनमोर्चाले गिरिलाइ बिश्वासको मत दिएनन् ।

मुख्यमन्त्री गिरि पुस २७ गते ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् ।

चर्चामा

सम्बन्धित समाचार