बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जुवाडे!लघुकथा!

जुवाडे!लघुकथा!

  • बुधबार, असार १, २०७९
जुवाडे!लघुकथा!

सुरेशकुमार पान्डे — कति ठुलो घांसको भारी बोक्यौ त माइली अलि एउटा मुठा भयपनि कम गरेको भय त उक्कालो सजिलरी काट्न्थ्यो!गैरा घरकी बजैले माइलिको भारी देखेर भन्छिन।माइली ठुलै घांसको गुन्टे भारी बोकेर बल्ल बल्ल जाडोको दिनमा पनि पसिना चुँहाउँदै ठाडेभिर बाट माथि निस्किंदै थिइन।
घरमा स साना बालबालिका गोठभरी लाला बालाको स्यार सुसार आफैले गर्नुपर्ने दुई खेप गरेपनी आफैलेहो भनठानेर सकि न सकी माइलीले एकै खेपमा दुई भारी जति घांस बोकेकी थिइन।
त्यो ठाडेभिरको भित्तो जस्तो उक्काललो काट्नै थालेकी थिइन भारी एकैछिन भयपनि बिसौनीमा बिछाएर उन्ले बजैलाई दुबै हात जोडेर नमस्ते टक्राउँछिन।बांचि रहे भन्दै बजैलेपनि नजिक आएर आसिक दिन्छिन।माइलीको नाक कान बुचै थियो त्यो देखेर हिंजो किन बुचै नाक कान लिएर हिंड्छे यो भर्खरको बैंसमा पनि?बजैले सोध्छिन!माइली बोल्दिन साहिद उ सँग कुनै उत्तर थिएन बरू आंखा रसाउँछन!बनमा हराउँछन भनेर बजै घरैझिकेर राखें अलि वेर पछि माइलीले बनावटी उत्तर खोजेर भन्छिन!बजैले सम्झि सकेकी थिइन।
ठुटे भैंसी आजकालै भयकोछ बजै कतिवेला के हुन्छ थाहाछैन त्यही भयर दिउसो आफै फुकाएर बिस्तारै पानी ख्वाएर गोठमै बान्नुपर्छ अनि केटा केटीलाई पनि कसैलाई स्कुल पठाउँनुपर्छ त्यही भयर दिउसो फेरी घांस काट्न भ्याउँदैन!माइलीले बजैलाई जानकारी गराउँछीन।होइन माइलो कता गयो र?हाज भोली!बजैले प्रश्न गर्छिन!खै के भनौं केही दिन बाट घर छैनन् बुढा त!माइलीले सुई..सुस्केरा हाल्दै एकछिन रोकिएर भन्छिन।कि कतै लाहुर त गयन?होला त्यो?गैरा घरकी बजैले आचार्यप्रकट गर्छिन।कस्तो लोग्ने पाइछस माइली जुवाडे,जुवा खेल्न बस्योभने कति दिन बित्यो थाहानै नपाउँन!बजैले चिन्ता ब्याक्त गरिन्छन।
खै बजै केभनौ?आफ्नो कर्म यस्तै भयर त होला!माइलिले आफ्नो निदार छोप्छिन!केछ दुनो हिंजो आज?उन्ले सोध्छिन! केही छैन बजै त्यही ठुटे भैंसी ब्याएपछी हुन्छ हिंजो आज त निस्तैछौं।एउटा गाइले पनि छुडायो स साना बालखहरू छन दुध खान खोज्छन तर घरमा भने मही पनि हुंदैन अचकाल।
भन्दै कुराको बिट मार्छिन र बिसौनीमा राखेको भारी बोक्छिन अनि अगाडी बढ्छिन।
भारि गरूङ्गो थियो बल्ल बल्ल घांसको भारि बिसाएर भित्र जाँदै थिन भाउजु नमस्ते अचानक अपरिचित आएको आवाजले उनि झसिङ्गिन्छिन फरक्कै फर्केर हेर्दा दुइजना तल्लो गाउँका मान्छे लाई देखिन!नमस्ते मैले त चिनिननी?हात जोडेर नमस्ते गर्दै भनिन् ज्युको पसिना अंझै सुकेको थिएन।भाउजु हामी ठुटे भैंसी लिन आएका हौं दाइले बेच्नु भयो।यो कुराले माइलीलाई भिरबाट खसेको जस्तै गरायो।उन्ले राता राता आंखा गराएर दुबै जनालाई नियालीन एउटा अलि अर्ध बैंसे थियो एकजना भने भख्रको युवा थियो!के भन्नु भयो?माइलीले फेरी कुरा बुझ्न खोजिन।
हामिलाई भैंसी दिनु पय्रो दाजीले भैंसीलाई जुवामा हार्नु भयो!भनेको भाउजु त्यो अर्ध बैंसे जस्तो देखिने ब्यक्तिले भन्यो।
उनिहरूको कुरा सुनेपछि लागेको भोक प्यास हरायो सरिरको पसिना झनै खलखलि बग्यो।
लाज लाग्दैन तपाँइहरूलाई खबरदार कसैले मेरो भैंसीलाई हात पनि लगाउँन पाइंदैन,जसले हारेकोछ उसैंसँग माग्नुस यो भैंसी मेरोहो मैले पालेकी छुँ !भन्दै उनी घरभित्र पस्छिन।भाउजु घरको मालिकले बेचेपछि त हजूरको के लाग्छर?हामी त दाई आएपछि लगौंला बसेकाछौं यतै पेटिमा भन्दै पेटीमा बस्छन।माइलीले उन्को कुरा नसुनेको जस्तै गरेर भित्र केट केटीलाई स्कुल पठाउँन तैयार गराउँछिन।
अलि वेरपछि माइलो पनि टुप्लुक्कै आइपुगे।नबोली नबोली आफैले भैंसी फुकाएर दाम्लो थमाउँदै अगाडी बढ्न भने यता भित्र माइंली का आंखाबाट आंसुको भल बग्दै थियो।पुरूषले जे गरेपनि उनैको चल्ने महिंला त उनिहरू घंसारू रैछन दास रहिछन धिकारछ यो पुरूषप्रधान समाजमा बांच्नु महिंलाहरूको लागी भन्दै गनगन गर्छिन उनि बांकीका लालाबाला फुकाएर बनतिर लागीन।

चर्चामा

सम्बन्धित समाचार