बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • कला /साहित्य
  • रबि पाैडेलकाे अंध्याराे बस्ति

रबि पाैडेलकाे अंध्याराे बस्ति

  • शनिबार, जेष्ठ २१, २०७९
रबि पाैडेलकाे अंध्याराे बस्ति

हिउँदमा पातहरु झरेर सबै रुखहरु
देखिन्छन् पहाड हरु पनि उदास
ती उदास पहाड र रुखहरु झै
एउटा मेरो बस्ति
अंध्याराे बस्ति
उकाली अाेरालि खेल्दै खेल्दै
मेरा हजुर बा काे जिन्दगी समाप्त भयाे
उज्यालो दिन पर्खादा पर्खदै
मेरा बा काे पनि उमेर ढल्कि सक्यो
त्यो बस्ति मा
त्यो अंध्यारो बस्ति
म दिप बालेर उज्यालो खाेज्न हिंडे
गाउँ बाट शहर सम्म
सहर बाट बिदेश सम्म
तर ,उज्यालो दिन सकिन
उज्यालो पुर्याउन सकिन
अंध्यारो बस्ति मा
त्यहाँ उज्यालो दिन धेरै नेता हरु पनि अाए
अाषा ,भराेसा र बिस्वास पनि दिए
जब फर्केर राजधानी पुगे
गाउँ काे अंध्यारो बिर्से
ती नेता हरु उतै घर बनाए गाडि किने
बिर्से मेरो बस्ति
मराे अंध्याराे बस्ति
अंध्याराे मा तीन पुस्ता बितेको छ
न सरकार देख्छ अंध्याराे
न जनप्रतिनिधि हरु देख्छन अंध्याराे
उज्यालो बनाउन म अथक प्रयास गरे र गरिरहेकाे छु
तर ,
अध्याराे छ बस्ति
अंध्याराे बस्ति ।

चर्चामा

सम्बन्धित समाचार