शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुरा स्वामिकार्तिक खापर गाउँपालिकाको मतगणना सूरु

बाजुरा स्वामिकार्तिक खापर गाउँपालिकाको मतगणना सूरु

  • शनिबार, बैशाख ३१, २०७९
बाजुरा स्वामिकार्तिक खापर गाउँपालिकाको मतगणना सूरु

बाजुरा — जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको मत गणना सुरु भएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाको केही समय अघिबाट मतगणना सुरु भएको जनाएको छ । त्यसै गरी खप्तड छेडेदह गाउँपालिकाको पनि मतगणना जारी रहेको जनाएको छ । जिल्लाका ९ ओटा स्थानिय तहमध्य खप्तड छेडेदह गाउँपालिकाको मतपरिणाम आउन सुरु भएको छ भने स्वामिकार्तिक खापर गाउँपालिकाको मतगणना सुरु भएको छ । हिमाली गाउँपालिकाको वडा न १,२ र ३ का केन्द्रबाट मतपेटिका नपुगेका कारण आज साझँदेखी गणना कार्य सुरु हुने सहायक निर्बाचन अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।
बडिमालिका नगरपालिकाको मतपेटिका हिजो राती नै मतपेटिका पुगेको भए पनि मतगणना भने भएको छैन । के कती कारणले मतगणना रोकीएको हो भन्ने बिषयमा जानकारीमा आउन सकेको छैन । त्यसै गरी जगन्नाथ गाउँपालिकाको पनि मतगणना सुरु भएको जनाएको छ । जिल्लाका ९ ओटा स्थानिय तह मध्य बाजुराका ३ ओटा स्थानीय तहको मतगणना र मत परिणाम आउन थालिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार