शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • स्थानिय तह निर्बाचान : बाजुराका कुन स्थानिय तहमा कहाँ के भयो ?

स्थानिय तह निर्बाचान : बाजुराका कुन स्थानिय तहमा कहाँ के भयो ?

  • शुक्रबार, बैशाख ३०, २०७९
स्थानिय तह निर्बाचान : बाजुराका कुन स्थानिय तहमा कहाँ के भयो ?

बाजुरा — स्थानिय तहको निर्बाचानको दिन आज दिनभर कतै शान्तीपुणर् रुपममा मतदान सम्पन्न भएको छ भने कतै तनावमा रहेको देखीन्छ । जिल्लाको बुढिगंगा नगर पालिका पुरै र बुढिनन्दा नगरपालिकाको वडा न ८ मा दिनभर तनाव ग्रस्त रहेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिएका छन ।
हिमाली गाउँपालिका स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाका बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका र त्रिबेणी नगरपालिकामा शान्तीपुर्वक रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन।
स्वामिकार्तिक खापर गाउँपालिका त्रिबेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका केही मतदान स्थलमा सामान्य झडप भएको भए पनि सबै ठाउँमा मतदान सम्पन्न भएको बताए ।
यता बुढिनन्दा नगरपालिकाको वडा न ८ मा बिहान देखीनै तनावग्रस्त भएको उनले बताए । त्यसै गरी जिल्लामा सबै भन्दा बढि बुढिगंगा नगरपालिकामा तनाव ग्रस्त रहेको प्रजिअ पौडेलले बताएका छन । बुढिगंगा नगरपालिकाका केही मतदान केन्द्रमा मतदान हुन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार