शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुराका कुनै ठाँउमा शान्तीपुर्ण मतदान कुनै ठाउँमा त्रास

बाजुराका कुनै ठाँउमा शान्तीपुर्ण मतदान कुनै ठाउँमा त्रास

  • शुक्रबार, बैशाख ३०, २०७९
बाजुराका कुनै ठाँउमा शान्तीपुर्ण मतदान कुनै ठाउँमा त्रास

बाजुरा — स्थानीय तहको निर्बाचानका लागि आज बाजुरामा पनी मतादन सुरु भएको छ । बिहान ७ बजे देखी सुरु भएको मतदान प्रक्रिया कुनै ठाउँमा शान्ती पुणर् रुपमा संचालनमा आएको छ भने कुनै ठाउँमा हावाई फाएर देखी झडप सम्म भएको जनाएको छ ।
जिल्लाका ३ ओटा मतदान स्थलहरुमा हावाई फाएर भएका छ । जिल्लाको बुढिगंगा नगरपालिका वडा न ९ मा ३ राउण्ड सोही नगरपालिकाको वडा न १० सिगाडामा माबिमा रहेको मतदान केन्द्रमा २ राउण्ड फाईर भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी गिन्द्र बोगटीले जानकारी दिएका छन । त्यसै गरी बुढिनन्दा नगरपालिका वडा न ९ अगाउँपानीमा रहेको हिमाली आधारभुत बिद्यालयमा पनी हावाई फायर भएको प्रहरी निरीक्षक बागटीले जानकारी दिएका छन ।
बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ को सारदा मावि र जगन्नाथको २ नम्बर वडामा मतदान प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन स्थलबाहिर एमाले र काँग्रेसका कार्यकर्ताविच विवाद भएपछि सो मतदान केन्द्रहरुमा मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगरपालिका ८ को मतदान केन्द्रमा पनि तनावपूणर् बनेको छ । त्यसै गरी त्रिवेणी नगरपालिकाका केही वडामा समेत एमाले र काँग्रेसका कार्यकर्ताविच विवाद भएको छ ।

चर्चामा

सम्बन्धित समाचार