शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • एक मई अन्तरराष्ट्रिय श्रमिक दिवसको बारे!

एक मई अन्तरराष्ट्रिय श्रमिक दिवसको बारे!

  • आइतवार, बैशाख १८, २०७९
एक मई अन्तरराष्ट्रिय श्रमिक दिवसको बारे!

१३३औँ अन्तरराष्ट्रिय श्रमिक दिवस सफल पारौँ!
सुरेशकुमार पान्डे।
शिकाको शहिदहरूलाई लाल शलाम! एक मई अमर रहोस्!
दुनियां भरिका श्रमजिविहरू एक हौं!
हो!यहि नाराले दुनियाभरीका श्रमजीवी शोशित पिडीतहरूलाई संगठित गर्दछ र आफ्नो अधिकारको लागी शंघर्ष गर्ने प्रेणा दिन्छ।दुनियांभरीका श्रमजिविहरूले एक में लाई मजदुर एकता दिवसको रूपमा पनि मनाउँदै आएकाछन।
हाम्रो संगठनले एक्लै वा अन्य मजदुरहरूका भाइचारा संगठनहरू सँग मिलेर यो दिन एक मई का दिन जुलुस सभा आदी कार्यक्रमको आयोजना गरेर यो दिनलाई शंघर्षको रूपमा मनाउँदै आएकाछौं।अहिले भने कता कति सिथिल्ता आएको अनुभुती हुंदैछ। यो हुनुका बिभिन्न कारणहरू हुनसक्छन त्यो छुट्टै छलफलको बिषयहो।
एक मई अन्तरराष्ट्रिय मजदुर दिवसको बारेमा भन्नुप्रदा राजनीतिक अबस्था र श्रमिक संगठनको ऐतिहाशिक आन्दोलनको देनहो। एक मई लाई अन्तरराष्ट्रिय पर्वको रूपमा किन र कहिले देखुन मनाउँदै आएकोहो र यसमा कस्को कस्तो भूमिकाछ भनेर ब्याक्तिको बिषयलाई लिनु भन्दा पनि तमाम न्यायप्रेमीहरूको शंयुक्त शंघर्षको परिणामहो भन्नु शान्द्रभिक हुनेछ।
आखिर किन मनाईन्छ मज्दुर दिवश?यो दिनले त्यो श्रमजीवीहरूको बलिदानलाई शम्झाउंन सकोस जसले आफ्नो रगतले भिजेको लुगालाई झण्डा बनाएर आम जनतालाई बिद्रोहको लागी प्रेरित गरे र संसारभरिका श्रमजीवीहरूले त्यस बाट प्रेणा लिन सकुन भन्ने उदेश्यले पनि यो दिवहलाई मनाउँदै आएको हुँनसक्छ।श्रमजीवीहरूको संगठनको इतिहाशलाई यो सानो लेखमा बिस्रित रूपमा उल्लेख गर्न सकिदैन तर पनि सटिकमा भन्नुपर्दा प्रथम मजदुरको संगठन १८२८ फिला डेल्फिया अमेरिकामा बनेको थियो।
यसको साथमा करिब ६बर्ष भित्र ६०सहरहरूमा मजदुरहरूको ट्रेड युनियन संगठनको निर्माण भयो।मई दिवस एक मईका दिन विस्वमा मनाईन्छ। जसका थुप्रै ऐतिहाशीक कारणहरू त छंदैछन।
वास्तबमा मई दिवस युरोप वा अमेरिकामा आएको उद्मोगिक सैलाबको एउटा हिस्सा थियो।
१८६०मा इंगलैण्डमा सबै भन्दा पहिले मजदुर संगठन अस्तित्वमा आयो।
मजदुरहरूको ट्रेड युनियन१९वां सदिको अन्तिम सम्म धेरै बलियो थियो।अमेरिकामा मजदुर आन्दोलन युरोप वा अमेरिकामा आएको उद्दोगिक बिकासको एउटा हिस्सा थियो।त्यो वेला कम्पनिका मालिकहरू द्वारा १८देखी बिस घन्टा सम्म श्रम शोषण गरिन्थ्यो।इंग्लैण्डको मजदूर संगठन सबै भन्दा पहिले अस्तित्वमा आयो।१८सदिको मध्यकाल थियो।मजदुर संगठन १९वि सदिको अन्त सम्म धेरै बलियो बन्दै गएको थियो किन की युरोपका बिभिन्न सहरमा पनि श्रमजिविहरूको संगठन बन्दै गएकाथिए।अमेरिकाको फिला डेल्फिया र बाल्टिमोर सहरहरूमा जुझारू संगठन थिए।जंहा मजदुरहरू संगठित हुंदै गए त्यँहाको आन्दोलनपनि बलियो हुंदै गयो।भनिन्छ मजदुरका बालखहरूले आफ्नो बाबा को हो भनेर चिंन्दैनथे किन की बिहान सूर्य उदाए देखी अस्ताउँदा सम्म उनिहरूले काम गर्नु पर्दथ्यो।त्यसैको मध्य नजर संगठित मजदुरहरूले कामको समय निर्धारित गर्ने उदेश्यले आन्दोलन गर्दै आए।
वास्तबिक रूपमा एक मईको आन्दोलन कामको समय निर्धारित गर्ने उदेश्यले र आम श्रमजीवीहरूको स्वतन्त्रता र स्वाभिमानको शंघर्ष हो।
अमेरिकामा ट्रेड युनियनहरूको ब्यपक बिस्तार हुँदै गयो १८३३र१८३७को बिचमा जो संगठन बनेका थिए तिनि बुनकर बुक बण्डर,दर्जी,जुता सिलाउँनेहरू मोची,फेक्ट्रि पाउरोटी उद्दोगमा लागेका आदी काम गर्नेवाला श्रमजीवीहरू पुरूष र महिंलाहरूका थिए।१८३६मा १३ सिटी इन्टर ट्रेड युनियन यसोसियसन थिए।जसमा जर्नल ट्रेड युनियन आफ न्युयार्य(१८३३)पनि सामिल थियो।यो अत्यान्तै सक्रिय थियो र यो संग स्टाक फंड पनि थियो र एउटा दैनिक पत्रिका पनि सञ्चालित थियो।राष्ट्र ब्यापि संगठन बनाउंने प्रयात्न पनि गय्रो,”नेस्नल ट्रेड युनियन”जो १८३४मा बनाईएको पनि थियो।खास गरेर एउटा सिलभास युवानेताले मजदुर आन्दोलनलाई आफुले ठुलो योगदान दिएकाछन।भने समाजवादीहरूले मजदुर एकताको लागि र उनिहरूलाई राजनीतिक बाटो समेत देखाएकाछन।
त्यो वेला दैनिक कामका घण्टा घटाउँन गरिएको शंघर्ष अति महत्वपुर्ण र प्रभावशाली मानियो।जसम अमेरिकी “तहरिक”को पनि योगदान थियो।न्यु इंग्लैण्डको वर्किंग मैन्स एसोसियशनले सन१८३२मा कामका घन्टा घटाएर दश राख्ने माग गय्रो र त्यसको लागी शंघर्ष सुरू गय्रो।सन१८३५ सम्म अमेरिकाको कयौं हिस्सामा यो माग पनि उनिहरूले मनाएर छाडे।त्यही बर्ष मजदुरहरूको आम हड्ताल फिला डिल्फियामा भयो।प्रसान र साशकहरूलाई यो माग मान्न बाध्य गराईयो।दश घनन्टा कामको निर्धारित समय सन१८४७मा पहिलो कानून् बनाउन पय्रो जसलाई न्यायपालिका द्वारा पास गराएर हेम्पसाएरमा लागु गरियो।यही प्रकारको कानून् मेन तथा पेन्सिलवानिया राज्यहरूले १८४८मा लागुगरे।सन१८६०को दशक सम्म दस घन्टा कार्य दिवश अमेरिकाको पुरै सहरहरूमा लागु गरियो।
संसारका देशहरूमा यस्ता मजदुरहरूको कार्य दिवसका समय निर्धारित गर्ने आन्दोलनहरू लगातार चल्दै गयो।जहां मज्दुरहरूले दश घन्टा प्राप्त गरे अब आठ घन्टाको लागी आन्दोलनमा जोड दिन थाल्यो।अष्ट्रेलियाका मजदुरहरूले आठ घण्टा काम आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको मागलिएर आन्दोलन गरेकाथिए।
यसरी मज्दुरहरूले निरन्तर र अथक बलिदानी पुर्ण गरेको उक्त आन्दोलनले विजय हासिल गय्रो।१८८९मा अन्तरराष्ट्रिय सम्मेलनले एक में लाई अन्तरराष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउँने निर्णय गरेपछि यो दिनलाई प्रत्येक बर्षको एक तारिकमा आधिकारीक रूप बाट मनाईन्छ।भारतमा पनि यो दिन सन१९२३बाट लगातार मनाउँदै आएकाछन।हाम्रो देशमा पनि बिभिन्न श्रमजिविहरूको संगठन र कम्युनिष्ट पार्टीहरूले यो दिनलाई मनाउँदै आएकाछन।अहिले हाम्रो बिचमा आठ घन्टाको कार्य दिवस प्राप्त हुनुमा सयौं बर्ष सम्म मजदुर बुद्धीजिवी लगायतको बलिदानी पुर्ण शंघर्षको परिणाम हो।
१८४८मा बनेको कम्युनिष्टको घोषणा पत्रमा उल्लेखछ संसारका मजदुर एक हौं!इन्कलाव जिन्दावाद!यो नाराले सटिकमा भय पनि संसारभरिका श्रमजिविहरूलाई एउटै झण्डा मुनी गोलबन्द गर्न प्रेणा दिन्छ र बुजुर्वा संस्कारको बिरूद्धमा बिद्रोहको हुंकार फुक्छ।
खास गरेर में को महिनो एउटा शंघर्षको मैनापनि हो प्रचण्ड गर्मिका बाबजुद ससाना बाल बालिकालाई लिएर बोकेर कहिले कुन सहर कहिले कुन सहरमा जुलुस सभाहरूमा शंघर्षको त्यो दिन अहिले पनि ताजनैछ।एक मईको अन्तरराष्ट्रिय मजदुर दिवस पांच मेंको कार्ल मार्क्सको जनम दिवस संगठित हुनुभयका साथिहरूले यस्ता अन्तरराष्ट्रिय दिनहरू बाट ऐतिहासिक पाठ सिक्ने र सिकाउँने गरिन्छ।यिनै दिनको अध्यायनले हामिलाई शंघर्ष गर्ने प्रेणा प्रदान गर्छन।अहिले पहिलेको जस्तो मजदुरहरूमा चासो नहुँनुमा धेरैकारणहरूछन एक त मजदुरहरू पनि पुंजिवादी रङ्गमञ्चमा परेर सिथिलता आयोको हुनसक्छ,उस्तै अहिले कामको चाप र समयको अभावले वा एक जनाले कयौं ठाउँमा काम गर्नाले पनिहो। महंगिले गर्दा आजको दिनमा एउटा बच्चाको पर्वरिस गर्नलाई दुइ जनाले घण्टौं काम गर्न बाध्य भयकोले पनिहुनसक्छ।आजको महंगीको मार र खर्चको चापले गर्दा मजदुर आन्दोलनमा पनि ठुलो असर पुगेको देखिन्छ।
तर पनि अन्तरराष्ट्रिय दिवशहरू बाट हामिले शिक्षा हासिल गरेर यो पुंजिप्रधान समाजको बिरूद्धमा आन्दोलित हुँनैपर्छ।अहिले १३४औँ अनतरराष्ट्रिय श्रमक दिवसलाई देश बिदेशमा बस्नु हुने तमाम काम सँग जोडिएका ब्याक्ति बुद्धिजिवीहरू किसान ज्यामी कुल्लि क्रमी दस्तकारहरू र तमाम खाले मजदुर वा श्रमजीवी जनताहरूले यो कार्यक्रमको आ आफ्नै ढङ बाट मनाउँदै हुनुहुन्छ।तर यसलाई देश र बहु संख्यक जनताको पक्षमा लक्षित गर्नुहुनेछ भने विस्वासगर्दछौंँ।

चर्चामा

सम्बन्धित समाचार