बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • नयाँ बर्षको अबसरमा बडिमालिका मिडिया हाउसद्धारा खाद्यन्न सहयोग

नयाँ बर्षको अबसरमा बडिमालिका मिडिया हाउसद्धारा खाद्यन्न सहयोग

  • बिहिबार, बैशाख १, २०७९
नयाँ बर्षको अबसरमा बडिमालिका मिडिया हाउसद्धारा खाद्यन्न सहयोग

बाजुरा–नयाँ बर्ष २०७९ सालको अबसरमा बडिमालिका मिडिया हाउसद्धारा बिपन्न परिवारलाइ राहत बितरण गरिएको छ । बुढिगंगा नगरपालिका ९ बस्ने दिला लुवार र खप्तडछेडेदह गाउँपालिका ७ लक्ष्मि रावतको परिवारलाई खाद्यन्न वितरण गरिएको छ । सामाजिक अभियान्ता तथा अभिनेता अमृत ढुङ्गानाको सहयोगमा दुइ परिवारलाइ चामल, नुन, तेल साबुन सहयोग गरिएको बडिमालिका मिडिया हाउसका प्रकाशक प्रकाश सिंहले वताएका छन् ।
लक्ष्मिका श्रीमान नौराज रावतको एक बर्ष पहिला मृत्यु भएको थियो । लक्ष्मिका तिनवटा छोरी रहेका छन् । भएको सम्पत्ति जति श्रीमानको उपचारमा सकेको अहिले घर भन्दा बाहेक केही नभएको लक्ष्मीले वताईन् । दिला लुवारका श्रीमान बुधे लुवार डेढ महिना पहिला उपचार अभाबमा मृत्यु भएको थियो ।
दिला शारिरिक रुपमा अपांग छिन् । उनका १३ बर्षका छोरा दिपेश लुवार र ४ बर्षका बिवेक लुवार रहेका छन् । बडिमालिका मिडिया हाउसले बाजुरामा लामो समय देखी सामाजिक सेवामा काम गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार