शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • मेरुदण्ड भाँच्चिएकि सुन्तलालाई खाद्यन्न र व्हीलचेयर सहयोग

मेरुदण्ड भाँच्चिएकि सुन्तलालाई खाद्यन्न र व्हीलचेयर सहयोग

सुन्तला १२ बर्ष देखी ओछ्यानमा

  • शनिबार, चैत्र १९, २०७८
मेरुदण्ड भाँच्चिएकि सुन्तलालाई खाद्यन्न र व्हीलचेयर सहयोग

बाजुरा–बाजुराको खप्तडछेडेदह गाउँपालिका ७ बस्ने ४८ बर्षिय सुन्तला बुढालाई व्हीलचेयर र खाद्यन्न सहयोग गरिएको छ । व्हीलचेयर मेडिकल पुनस्र्थापना संस्था काठमाडौले र खाद्यन्न जर्मन नागरिक एन्ड्रिया ड्रेवर र काठमाडौ निवासी नमिता शाहले सहयोग गरेका छन् ।
बडिमालिका खबरमा १२ बर्ष देखी सुन्तला ओछ्यानमा अलपत्र रहेको समचार प्रकाशित पछि उनलाई व्हीलचेयर र खाद्यन्न सहयोग भएको हो । मेरुदण्ड भाँच्चिएर अलपत्र परेको समचार पछि सहयोग गरेका हौ, उपचार उनको सम्भब नभएकाले व्हीलचेयर सहयोग गरेको मेडिकल पुनस्र्थापना संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् ।
शौचालय जान समेत घिसेर जानुपर्ने बाध्यता देख्दा सहयोग गरेको संस्थाले वताएको छ । कम्मरमा राखिएका रड निकाल्नु न निकाल्नु कुनै अर्थ नभएको चिकित्सकले वताएका छन् । सुन्तलालाई बडिमालिका मिडिया हाउसको समन्वयमा सहयोग हस्तान्तरण गरिएको हो । सहयोग नेपाली काँग्रेस बाजुरा युवा नेता ताल बहादुर रावत मार्फत हस्तान्तरण गरिएको छ । रावतले भने यो सहयोगले सुन्तलालाई ठुलो राहत भएको वताएका छन् ।
सुन्तलाको १२ बर्ष पहिले घास काट्ने बेला रुख बाट लडेर मेरुदण्ड भाँच्चिएको थियो । उनि १२ बर्ष देखी ओछ्यानमा जिवनमरणको दोसाधमा रहेकि छन् । सुन्तलाले भनिन्, व्हीलचेयर पाउदा निकै खुशी भएको वताईन् । घरको आगनमा यताउति गर्न र शौचालय जान निकै सजिलो हुने गरेको वताईन् ।
रुख बाट लडेकि सुन्तलालाइ उनका आफन्तले भारतमा उपचार गरेका थिए । मेरुदण्डको अप्रेसन पछि चारवटा रड हालेका छन् । उनको कम्मर तलको शरिर चल्दैन्, दिशापिसाब गर्न पनि घ्रिसेर जाने गरेकि थिइन् ।
सुन्तलाका श्रीमान जय बहादुर बुढाको तिन बर्ष पहिला मृत्यु भएको थियो । सुन्तलाका नाबालक एक छोरा मात्र रहेका छन् । सुन्तलाको छोरा महेश बुढा कक्षा १२ मा पढने गरेका छन् । आमालाइ स्याहार सुसार गर्न पनि समस्या रहेको छ

चर्चामा

सम्बन्धित समाचार