बुधबार, असार २४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

  • बुधबार, असार २४, २०८३
सेयर गर्नुहोस् :
यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेस प्रदेश साथै कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । पहाडी भूभागको एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

यसैगरी, आज राति देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

मधेस प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार