शनिबार, असार २०, २०८३
  • होमपेज
  • खेलकुद
  • विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन–कुन टीम पुगे ?

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन–कुन टीम पुगे ?

  • शनिबार, असार २०, २०८३
सेयर गर्नुहोस् :
विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन–कुन टीम पुगे ?

अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा भएको छ ।कोलम्बिया र घानाबीचको खेल सकिएसँगै प्रि–क्वाटरफाइनमा पुग्ने १६ वटै टोलीको टुंगो लागेको हो ।

अन्तिम ३२ को खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दा ब्राजिलले जापानलाई हराएको थियो । यस्तै, जर्मनीले पाराग्वे, मोरक्कोले नेदरल्यान्ड्स, नर्वेले आइभरी कोस्ट तथा फ्रान्सले स्वीडेनलाई हराएका छन् ।

यसैगरी, मेक्सिकोले इक्वेडर, इंग्ल्यान्डले कङ्गो, बेल्जियमले सेनेगल, अमेरिकाले बोस्निया एन्ड हर्जगोभिना, स्पेनले अस्ट्रिया, पोर्चुगलले क्रोएसिया, स्विट्जरल्यान्लण्ड अल्जेरियालाई पराजित गरे । यस्तै, आजै बिहान सम्पन्न खेलमा इजिप्टले अस्ट्रेलियालाई, अर्जेन्टिनाले केप भर्डेलाई तथा कोलम्बियाले घानालाई पराजित गरेर अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।

यता, चार पटकको पूर्वविजेता जर्मनी, गत संस्करणमा तेस्रो भएको क्रोएसिया, दाबेदार मानिएको नेदरल्यान्ड्स, एसियन पावरहाउस जापान, अफ्रिकन डार्क हर्स सेनेगलजस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन् ।

यी हुन् १६ टीमः
१. क्यानडा
२. मोरक्को
३. फ्रान्स
४. पाराग्वे
५. ब्राजिल
६. नर्वे
७. मेक्सिको
८. इङ्ल्यान्ड
९. पोर्चुगल
१०. स्पेन
११. अमेरिका
१२. बेल्जियम
१३. अर्जेन्टिना
१४. इजिप्ट
१५. स्विट्जरल्यान्ड
१६. कोलम्बिया

कसको प्रतिद्वन्द्वी को ?
क्यानडा र मोरक्को
फ्रान्स र पाराग्वे
ब्राजिल र नर्वे
मेक्सिको र इङ्ल्यान्ड
पोर्चुगल र स्पेन
अमेरिका र बेल्जियम
अर्जेन्टिना र इजिप्ट
स्विट्जरल्यान्ड र कोलम्बिया

चर्चामा

सम्बन्धित समाचार