बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अदुरदर्शियताको परिणाम!

अदुरदर्शियताको परिणाम!

  • बिहिबार, मंसिर १६, २०७८
अदुरदर्शियताको परिणाम!

सुरेशकुमार पान्डे — अहिले कम्युनिष्ट भनौदाहरू टुक्रा टुक्रा भयको बेला मलाई एउटा कुराको शम्झना भयो।त्यो हो पार्टी भित्र अदुरदर्शियताले जन्माएको रोग।”
एउटा क्रान्तिकारी पार्टीलाई धुर्विक्रणको महत्व झन पछि झन बढेको बेला आफुलाई क्रान्तिकारि भनेर नथाक्नेहरूले बेग्लै पार्टी बनाएर कति ठुलो बहादुरी गरे यो हामिले भन्नै पर्दैन जगजाहेरनै छ।हिंजो हामिले एउटा ब्याक्तिलाई तैयार गर्न कति लगानि लागेहोला त्यसबारे आंकलन गर्न कठिनछ।
त्यो ब्याक्ति द्वारा फुट हुँदा सिंगो कम्युनिष्ट आन्दोलनलाई कति क्षति भयोहोला?फुट हिंजो पनि हुन्थ्यो फुटेकालाई हेर्ने दृष्टीकोण र उन्ले अरूलाई हेर्ने दृष्टीकोणमा मौलिक रूपलेनै बिभेद पुर्ण भयको हुन्छ।एक पल्टको कुराहो हामि बसेको बसमा दुर्घटना घट्यो।त्यो बेला भर्खर एक पक्षका ब्याक्तिहरूले बेग्लै कलकत्ते पक्ष भनेर संगठन बनाएका थिए।उनिहरूले संगठनलाई टुक्राउँन पुरा जोड लगाएका थिए।विजय शर्मा त्यो बेला भारत स्थित नेपालि एकताका महासचिब थिए।पार्टी भित्र उन्लाई कार्वाहि भएको थियो त्यसैको असर संगठनमा पय्रो।हामि सन१९८१ताक संगठनमा लागेका थियौँ।संगठनले त्यो बेला दोस्रो सम्मेलनको तैयारी गर्दै थियौँ दिल्लिमा।फिलहाल त्यो संम्मेल दिल्ल किन हुन सक्दैन त ?भन्दा अहिले नेपाल बाट धेरै आउँने सम्भावना छैन त्यसकारण अहिलेको सम्मेलन कलकत्तामा गर्ने तैयारी भयो भने।तर वास्तबिक कुरा फुटको थियो।पार्टी भूमिगत भयकोले पनि झोले नेताहरूलाई आ-आफ्नो स्वार्थ पुरागर्न सजिलो हुन्थ्यो।
मानिसको निजि स्वार्थले हुँने फुटलाई पनि राजनीतिक र सैधान्तिक जामा भिराउँन सजिलो भयो।एउटै बर्ग भित्रको ब्याक्तिको फुटले आफ्नै सन्तान सँग दुश्मन सरहको ब्यबहार गरेपछि कसरी कमेरा बर्गको उत्थान होला सहजै अनुमान लगाउँन सकिन्छ।
पार्टी फुटी सकेपछि अब मुख्य दुश्मन लाई हेर्ने दृसष्टीकोण भन्दा पनि आफुबाट फुटेर गयको लाई हेर्ने वा उस्ले हामिलाई हेर्ने दृष्टीकोण दुश्मन सरहनै भयो।हामि बसेको बसमा कति पय नेपाली ले उनिहरू तिर हेर्दा उन्ले ल्याएको मुख पत्र देखेपछि यो फलाना पाल्टीको हो वा फलाना संगठनको हो भनेर उन्लाई उठाउँन पनि मानेनन् कतिपय आत्मिय मित्रहरूले उन्लाई होस्पिटल सम्म पुराएर आफ्नो फर्ज पुरा गरे।यसबाट के बुझिन्छ भने जव पार्टी भित्र फुट हुन्छ संगठनपनि कम्जोर हुन्छ।साथै उनै मित्रहरू दुश्मनमा परिणित हुन्छन।
एक पल्ट संगठन फुटे पछि जीवन शर्मा जी ले एउटा गीत”पिलो निचोर्दा वजन घटेको हुँदैन”भन्ने गल्लि गल्लिमा गाईयो।साथिहरूलाई फुटको बारेमा यसरी सम्झाईयो फुटेर जानेहरू सरिरको पिला भित्रको पिप सरह थिए।यानि कि उनिहरूलाई जानै थियो त्यो गयपछि सरिर स्वास्थ हुन्छ।पहिलेको भन्दा जोस जांगर उत्तपन्न हुन्छ।अनि संगठन बलियो हुन्छ।त्यो पनि हो यदि एउटा अंगमा रोग निको भयन भने मानिस मर्न पनि सक्छ त्यो रोग भयको हिस्सा काटेर फाल्नु पर्छ।
आखिरमा हामिले त्यति सजिलरी त्यो हिंस्सा काटेर फालेका हुँदैनौँ र त्यसको उपचार गर्ने प्रायास गरिन्छ।असन्तुष्ठ,कुन्ठा ग्रस्त ब्याक्तिले गुट बनाउँन थालेका हुन्छन।त्यो पार्टी भित्रको रोगनै हो त्यसले ढिलो चांडो पार्टीलाई ठुलो नोक्सान गरेर जान्छ।तर जति ठाउँमा रोग लाग्छ त्यो सबै ठाउँ काट्न थाल्यौँ भने सरिर पनि रहंदैन।प्रत्येक जिजमा गुण र बैगुण स्थित हुन्छ।राजनीति भनेको पनि बैचारिक छलफल र भैंसको बिषय हो।आखिर आफु बाट फुटेर गयपछि त्यो एकप्रकारको पिलो निचोरेको “पिप”मान्नेहो भने त कहिलैई मेल हुँदैन।तर कतिपय पिलो पनि हुन्छन।सधैभरी एकैनासे अबस्था हुँदैन आखिर फुटेर गयपछि बर्गिय आन्दोलनमा ठुलो नोक्सान भयको हुन्छ जस्को सजिलर भरपाई हुन सक्दैन।हामिले आफ्नै बर्गमा लडाई सुरू गरेपछि दुश्मन बर्ग बलियो हुन्छ भन्ने सामन्य राजनीतिमा कखरा पढ्ने ब्याक्तिले पनि बुझ्न सकिन्छ।
हाम्रो देशको कम्युनिस्ट आन्दोलनमा यहि हुँदै आएकोछ।आ-आफ्नो स्वार्थको लडाई पद प्रतिष्ठाको लडाईले गर्दा बर्गशंघर्षमा सधै ठुलो नोक्सान हुँदै आएकोछ।जो पटक पटक हुँदै आयो।हाम्रो मुक्तिको मार्ग भत्तकाएर हामि गनतब्यमा पुग्न खोज्नेहरू सधै आफैमा उल्झियौँ त्यसैको परिणाम बर्गिय आन्दोलनले गनतब्य भेट्न सकेन।
एउटालाई चित्त बुझ्दैन उस्ले समानअन्तर संगठन खोलेर बस्छ अनि कसरि क्रान्ति वा सामाजमा आमुल परिवर्तन हुन सक्छ?नेकपा भित्रको अबस्था ठिक यस्तैछ।हामि आफुले कम्युनिस्टको सिधान्तमा आफैलाई ढाल्न नसक्दा एकले आर्कालाई आफ्नो सरिर भित्रको पिलो जस्तै सम्झिन थाल्छौँ।बैचारिक भैंस गर्नै सक्दैनौं यो हुनुको पछाडि मुख्य दुईवटा कारण हुन्छन।प्रथमा आफु राजनीतिमा अशक्षम हुनु आर्को ब्याक्ति पुजाको राजनीति गर्नु।त्यसमा मुख्य कुरा केभने राजनीतिक रूपले शक्षम भयका हरूले ब्याक्ति पुजामा बिस्वास गर्दैनन् उनिहरूले सैधान्तिक बैचारीक छलफल आ-आफ्नो ठाउँमा गर्छन।अबुझ र ब्याक्ति पुजागर्नेले जंहा पनि जुनबेलामा पनि आर्काको बिचारलाई दवाउँने प्रयात्न गर्छ।त्यहि पार्टी भित्रको रोग हो।उस्ले जानि नजानि पार्टीलाई एक प्रकारको रोगि बनाई दिन्छ।

चर्चामा

सम्बन्धित समाचार