बिहिबार, बैशाख १३, २०८१

शंघर्षको सफर!

  • सोमवार, मंसिर १३, २०७८
शंघर्षको सफर!

सुरेशकुमार पान्डे–मानिस भयर जन्मिएपछि जीवन भरी शंघर्ष गर्नैपर्छ।अंझ भन्नेहो भने हामिले गर्भै देखुन शंघर्ष गर्दै आएकाछौँ।
हरेक प्राणिले आफ्नो अस्तित्वको लागि शंघर्ष गर्छ।आफु बांच्नका लागि प्राकृतिक सँग जानि नजानि शंघर्ष गरेकै हुन्छन।
मानिस त झन यो चराचर जगतको सबैभन्दा सुवेकसिल चेतनसिल प्राणिहो।अंझ कयौं आध्यात्मवादीहरूले त मानवको ज्ञान सबैभन्दा ठुलो भन्छन।उनिहरूको दिमाखको बिकासका लागि बश्तुको भुमिका समेतलाई मान्दैनन्।अहिलेको एक्काईसों सताब्दिमा पनि मानिसहरूले काल्पनिक र अलौकिक बिचारलाई लागु गर्ने प्रयात्न गर्छन।
खास गरेर हिंदु धर्माब्लम्बिहरू र मूश्लिम कटरपन्थिहरूले अहिले पनि त्यो अलौकिक शक्तिको वकालत गर्छन जस्लाई उनिहरूले न कहिले देखे न भोगे न त्यो उपस्थितछ।मात्र छ अरे भन्ने बिचारलाई लिएर ठुला ठुला दन्ते कथा तैयार पारेका छन।यो हाम्रो समाजको एक प्रकारको बिड्मबनानै हो भन्ने मलाई लाग्छ।
हामिले देखेकाछौं एउटा मानिस मरेपछि त्यसलाई हामि घाटमा लिएर जान्छौं अनि पोलेर घर फर्किन्छौं।तर पनि आफुले गरेको त्यो कामलाई नकार्दै उ अहिले पनि हाम्रै माझमा कतैछ भन्ने कल्पना गर्दछौँ।यहि एउटा अन्धबिस्वासले हाम्रो समाजलाई जेलेको हुन्छ।हामिले जति मिहेनत गरेपनि त्यो नियतिलाई त्यागन सकि राखेकाछैनौँ।
हामि त्यो दैविय शक्तिको अथवा अलौकिक शक्तिको दाशता बाट मुक्त हुन सकेकाछैनौं,यो नै यथार्थहो।मानिस भयर पनि हामिले यो विज्ञानिक युगमा आफुले संसारलाई उथलपुथल भयको देख्दा पनि अनभिज्ञ हुन्छौँ।
निरन्तर पानी परेपछि पहाडको डिल भत्किन्छ भन्ने हामिले बुझेकाछौँ तर त्यो डिल भत्केर मानिस वा पसु मर्छ भने हामिले त्यसलाई भगुवानको लिला त्यसको काल तेसैमा थियो आदि ईत्यादि भनेर आफुलाई भ्रमित पार्छौँ।वास्तबिक कुरालाई बुझ्ने प्रयात्न गर्न सक्दैनौं।यो सामाजिक बिड्मबनानैहो।मानिसलाई रोघ लाग्यो भने हामि डाक्टर कहाँ जानुपर्छ तर अहिले पनि हाम्रो समाजमा कयौं यस्ता घटना भेट्टिन्छन उनिहरू डाक्टरको औसधि उपचारमा बिस्वास गर्नुको सट्टा धामि झांक्रिमा बढि बिस्वास् गर्छन।उसलाई निको भैन भने देवी देवतालाई पसु पंक्षि कवुलेर राख्छन।अनि निको हुने बाटो हेर्छन।त्यो बेला सम्म ठिक हुने बिमारीपनि ला ईलाज बन्छ र रोगिको मृत्यु हुन्छ।हामि मानिसहरूको बिचमा एकता हुन नदिने,कथित जातीहरूमा फाटो हाल्ने सामाजिक रोग पनि यहि अन्धबिस्वासनै हो।पुँजिपतिहरू ले गरिबलाई सिधै शोषण गर्न सक्ने र आपसमा लडाउँन सक्ने औजार भनेको वास्तबिकरूपमा अन्धबिस्वासनै हो।
त्यसैले मार्क्सले धर्मलाई अफिमको नसा सँग तुलना गरेकाछन।हाम्रो समाज यसरि रूढिवादि नशामा झुलेकोछ उस्लाई मुक्त हुन लामू समय लाग्न सक्छ।सांच्चै भन्नेहो भने हामिले जानि नजानि सदियौं देखि विज्ञानिक बिचारनै अप्नाउँदै आएकाछौं।तर पनि बिचार उस्तै नेगेटिभ हुदै आएकोछ।हामिलाई थाहाछ धार नभयको हथियारले काट्न सकिदैन।त्यसैले धार बनाउँछौं हलोमा फालो हालेर जोत्छौँ यो पनि त सांईसनै हो।एउटा साप्लाको प्रयोग गरेर आफ्नो ताकतले नसकेको ढुङ्गालाई पल्टाउँछौं मानिसले पकेसामा ध्वोजा बानेर राख्ने बिचारपनि विज्ञान नै थियो।उनिहरू त्यो बेलाको अनपढ समाजका भौतिकवादी थिए।जमाना अनुसारको परिस्थिति सँग मानिस आफैले खोजबिन गर्दै आएकोछ।भौतिक विज्ञानले मानिसहरूलाई याँहा सम्म पुराएकोछ तर पनि मानिसले अलौकिक शक्तिको खोजिमा समयलाई खेर फालेकाछन।आपसमा वेमेलछ।समाज र परिवार सरिरमा समेत रोगलाई पालेकाछन।आखिर एक जना मानिसले आर्को जना मानिसलाई कुन आधारमा अपमान गर्ने?त्यो शोशक र सामन्तहरूले बनाएको जालमा फसेर मान्छे ले मान्छेलाई बिभेद गर्छ।जातिय आधारमा बिभेद गर्ने पद्धत्ति त धेरैपछि सुरूभयो।ईतिहाशमा पहिले त आदिम समाजमा ईलाकिय बिभेद हुन्थ्यो।समाजले जसरी जसरी भौतिक बिचारलाई अगाल्दै आएकोछ सामाजिक र प्राकृतिक खोजबिन र बिकास हुँदै आएकोछ।मानवको चेतनाको बिकास गर्ने क्षामताको बिकासको श्रोतनै बस्तुहो।बस्तुलाई देखेर जसरि मानव समाजको बिकास धुर्तगतिमा भयकोछ।त्यो अनुसार उन्को चेतनामा बिकास हुन सकेकोछैन।
यसो हुनुको पछाडि स्वायम मानिसहरूले त्यो चाहेका हुँदैनन्।उनिहरूले समाजमा सोशण गर्ने माध्यायम भनेको कल्पनामा आधारित भंदै नभयको श्रोत अलौकिक शक्तिहो।बाहुँनलाई दमाईले गालि गर्दा पाप लाग्छ भनेर उनिहरूको दिमाखमा छाएकोछ।परिणाम उनिहरू बाहुनको हेपाईमा परेका हुन्छन।समाजमा जात र उपजात बनाएर बिभाजन गर्नुको मुख्य उदेश्य केहो भने शोसण गर्ने उदेश्य।त्यसैले कम्युनिष्टहरूले बर्ग शंघर्षमा बिस्वास राख्छन।जातिय शंघर्षले गरिब गरिबहरूलाई पनि आपसमा लडाई दिन्छ।तर बर्गिय शंघर्ष ले शोसक र सोषितलाई छुट्टाउन रेखांङ्कित गर्दछ।त्यसैको परिणाय बर्ग शंघर्ष ले सबै जात जातिलाई न्याय दिन सक्छ।अहिले हामिले देख्छौं गरिप बाहुन र गरिप दलितमा पनि छुवाछुतको बिभेदछ।तर उनिहरू दुबै पिडित ब्याक्तिहुन।जुन दिन उनिहरूले यो कुरा बुझ्छन त्यो दिनबाट क्रमसै उनिहरूको बिचमा मतभेद हट्दैजान्छ।उधारणको लागि कम्युनिष्ट समाजमा जातिय बिभेद क्रमसै हट्दै गयको हामिले देख्छौंँ।भौतिकवादले मात्र तमाम ब्याक्तिहरूलाई न्याय दिलाउँन सक्छन।
दलितहरूकै बिचमा पनि बिभेदछ यो सबै हुनुको पछाडि मानिसको दिल र दिमाखमा घरजमाएको बुजुर्वा शास्त्रनैहो।मानिसहरू जीवनको शफरमा शंघर्ष गर्नै पर्छ चाहेर हौश वा नचाहेर आखिर बांच्नका लागि मानव समुदाय र जिवजन्तुहरूले आफ्नो अस्तित्वको लागि शंघर्ष गर्दै आएका हुन्छन।यो जीव जन्तु सबैले बांच्नको लागि निरन्तर गरिराख्छन गरि राख्नु पर्छ।

चर्चामा

सम्बन्धित समाचार