बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • आजकाे माैसम कस्ताे रहने छ,

आजकाे माैसम कस्ताे रहने छ,

  • बिहिबार, कार्तिक २५, २०७८
आजकाे माैसम कस्ताे रहने छ,

काठमाडौं — काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ।

दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको छ। “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले भनिन्। वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको थियो। त्यस्तै हिजो सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको थियो।

चर्चामा

सम्बन्धित समाचार