बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • अस्पतालमा आगलागी हुँदा ४ बालबालिकाको जलेर मृत्यु

अस्पतालमा आगलागी हुँदा ४ बालबालिकाको जलेर मृत्यु

  • मङ्लबार, कार्तिक २३, २०७८
अस्पतालमा आगलागी हुँदा ४ बालबालिकाको जलेर मृत्यु

एजेन्सी — भारतको मध्यप्रदेशको राजधानी भोपालस्थित हमीदिया अस्पताल परिसरमा रहेको कमला नेहरु चिकित्सालयमा सोमबार आगलागी हुँदा ४ बालबालिकाको ज्यान गएको छ। अस्पतालमा रहेका ४० बालबालिकामध्ये ३६ जनाको सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ज्यान गुमाएकाका परिवारलाई चार÷चार लाख रुपैयाँ राहत दिने त्यहाँको प्रदेश सरकारले घोषणा गरेको छ। मुख्यमन्त्री शिवराज सिंह चौहानले घटनाबारे थप अनुसन्धान गर्न निर्देशन दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार