मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

  • सोमवार, कार्तिक १५, २०७८
बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके — प्रहरीले बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खजुरा गाउँपालिका-३ मनकामना बस्ने २३ वर्षीय सुमन विश्वकर्मा रहेका छन् । उनलाई सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेको २०७६ मंसिर ३ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा उनी ५ महिना ६ दिन कैद सजाय भई फरार रहेका थिए ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार