शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • छर्लङ्गैछ हुन्छ सामन्ति सोंच

छर्लङ्गैछ हुन्छ सामन्ति सोंच

  • शनिबार, अशोज ३०, २०७८
छर्लङ्गैछ हुन्छ सामन्ति सोंच

सुरेशकुमार पान्डे।
कतिपय चाड पर्वको बेला अनि अलि माथि पुगेका नेताहरुको जनम दिन पर्यो भने छर्लङ्गै हुन्छ उनिहरूमा भयको सामन्तवादी अवशेषहरू।
मलाई पहिले -पहिले कसैले काम्रेड भन्दा अति खुसि लाग्थ्यो त्यसैले म कामरेड बन्न प्रयास गर्थें।हामि भारतमा वामपन्थि युवक मोर्चामा लागे पछि धेरै अनुसाशनको बारेमा सिक्यौँ।अनुसाशनमा कत्ति पनि पछि नपर्ने प्रयात्न पनि गरियो।आफुलाई स्पात बनाउँनु पर्छ भनेर हामिलाई सिक्षा दिन्थे।मलाई लाग्थ्यो जसले हामिलाई शिक्षा दिन्छ क्लास प्रतिक्षाण दिन्छ त्यो हामि भन्दा कयौँ गुना शिक्षित होला अनि सांचैभन्दा स्पात बनेकोहोला।तर बिस्तारै पछि पछिका दिनहरुमा उनिहरुको ब्यबहार हेर्दा घृणा पनि लागथ्यो।तर संगठनको नियममा रहेर आफुलाई सुधार्ने आफु भित्र रहेका झिना मसिना कमि कम्जोरी लाई पखाल्न समाज संगठनले ठुलो योगदान दिन्छ र दियो पनि मात्र एउटा भ्रम भने उदाङ्गियो।
सुरु सुरुमा धेरै जस्ता प्रश्नहरु सामाज भित्र रहेका कुसंस्कार रितिथिति भन्नु पर्दा बुजुर्वा बिचारहरुको बारेमा नै आउँथ्यो।देवी देवताको बारेमा धामि झाँक्रि बोक्सिको बारेमा खुब प्रश्नहरु आउँथे। जात जातिहरुको बिचको असमानताको बारेमा आउँथे।
जसले हामिलाई प्रतिक्षाण दिन्थ्यो उनिहरु आफैले त्यही गलत बाटोमा आफुलाई लतारेको देखियो।एक दिन एकजना सँग सोधे हामी सबै भित्र आयौँ एकजना कमरेड बाहिरनै हाम्रो बाटो हेरेर बस्नु भयको थियो।मैले मनैमन सोंचे आखिर कामरेडको घरभित्र कामरेड पस्न निशेध भयपछि केको समानता?कस्ले ल्याउँने समानता?जेहौश म छिट्टै बाहिर फर्किएर ति साथि सँग उभिएं।मनमा कता कति अमिलो पय्रो।
एक दिन एउटा कामरेडको घरमा अलि गज्जबको खसि देंखे,भाईर बसेकी आमाले भन्नु भयो पोहर साल देवाली भयन र मत्थाएकोछ।देवताको हो बाबु अलि परबाट हिंडे मार्ला भन्नु भयो।त्यंहा पनि मलाई भित्र चसक्क भयो तर केही बोलिन।एक पल्ट कामरेड सँग प्रश्न गरे मित्र जी के हजूरे देवाली गर्नुहुन्छ?अ.अ .किन नगर्ने तर देवाली गर्ने बहानामा सबै आफ्नति सँग भेटघाट हुन्छ भनेर हो यो त एउटा माध्यायमनैहो।”उँहाले कति सजिलरी जवाफ दिनुभयो।बिना हाडको जिब्रो जतालयपनि जान्छ,भनिन्छ खाने मुखलाई जिब्राले छेक्दैन।
हामिलाई बुजुर्वा डिग्रिमा आगो लगाउँन र जनै न भिर्न क्लास दिनेहरुले त्यो बुजुर्वा डिग्रिलाई किनेर त्यसैको आधारमा सोध गर्न थालेकाछन।जनै हालेर पुजा पाठ गर्न थालेकाछन।यही कम्युनिष्ट कामरेडहरुको अबस्थाछ सबै नहोलान तर लगभग त्यस्ताको बहुमत छ।अनि जातिय समता समाजका साथिहरुले यिनै कामरेडहरुबाट देशमा समातामुलक समाजको कल्पना गर्नु हुन्छ।बुढा बृद्धाहरुलाई त दवाब दिनु मिल्दैन उनिहरुले जीवनभरी त्यो गलत भयपनि सहि भय पनि अँगालो हालेकाछन छातिमा टांसेकाछन मष्तिकमा जमाएकाछन।उनिहरुले आफ्नो गर्धन काटिएपछि त्यो बुजुर्वा बिचार छाड्दैनन्।
तर हिंजो आजका युवाहरुले पनि त्यही ब्यबहार अप्नाउँदा दुःख लाग्छ।
अहिले यही दंशैको बेलामा कयौँ कामरेड भनाउँदाहरुले आफ्ना कार्यक्रता समर्थकहरुलाई टिकालगाएर आसिर्वाद दिनेकाम गरे।त्यो कुन भौतिकवादी बिचारहो बुझ्न सकिएन।भौतिकवादको आवरणमा सामन्तबादी ब्यबहार भन्न सकिन्छ।
फेसबुकमा कुनै नेताको जनम दिन आयो भने उस्लाई महान घोषित गरेर उसको फोटालाई सझाएर जनम दिनको शुभ कामना स्वरुप राखेका हुन्छन।कसैले आफ्ना साथि सहकर्मिहरुको तस्विर राख्नु जनम दिनको शुभ कामना दिनुलाई मैले गलत ठान्दिन।तर कुनै नेताको स्तुती गानगाउँनु भनेको प्रष्टै देखिन्छ उ सामन्तवादी बिचारको घेरामा जेलिएकोछ।उसले गरेको त्यो उद्धारको पुल बनाएर नजिक्किन खोजेको हो भन्ने मलाई लाग्छ।
हामिले राम्रो कामको सम्मान गरौँ भन्ने बिचार ल्याउँदा”मान सम्मान खोज्यो भन्नेहरुको यो क्रतुतले वास्तबिक रुपमा नेताहरुलाई बिग्रार्न खोजेकैछन।अरुले गरेको गलतिलाई देख्ने आफुबाट गलति भयो भने त्यसलाई ढाकछोप गर्ने त्यो गैर कम्युनिष्टको ब्यबहार हो।
यस्तै कार्यक्रता र नेताहरुले आउँने दिनहरुमा कम्युनिष्टका नेतालाई गुरुको उपाधी दिने मालेमाका फोटाहरु लाई धुप बत्ति लगाएर पुज्नेछन।
हामिलाई लाग्छ कम्युनिष्ट बन्न धेरै मिहेनत गर्नु पर्छ जो हामिले प्रयात्न गर्दागर्दै पनि हामि बन्न सकेकाछैनौँ।
कम्युनिष्ट होईन असल भौतिकवादी पनि बन्न सकेकाछैनौँ।त्यही मात्र नभयर देशको असल नागरिक पनि बन्न सकिराखेको अबस्थाछैन।
अब हामिले कम्तिमा एउटा सच्चा देशभक्त बनौँ जस्ले देशको लागि शंघर्ष गर्न सकोश।अनि देशभक्त सँग मिलेर एकमना एकता गरेर बस्न सकोश।कम्युनिष्ट बन्नलाई धेरैलामु समय लाग्न सक्छ।पहिले कम्युनिष्ट बन्ने प्रयात्न त गरथ्यौँ।अहिलेका युवाहरुले त त्यो पनि गर्न छाडे आफ्ना छोराछोरीलाई बिदेशमा त्यही बुजुर्वा शिक्षा हासिल गर्न पठाएर अनि कस्का छोराछोरीले क्रान्ति गर्छन?
यो पाखण्डि ब्यबहारले गर्दा क्रान्तिकारी युवाहरुले पनि उनिहरुकै नकेल गर्नथाले।नेपालमा क्रान्तिकारीहरुको हातमा कम्युनिष्ट पार्टीको लगाम आएकैछैन।जुनदिन कम्युनिष्टका आधारभुत बर्गले बागडोर छोप्छन त्यो दिन कुनै बुजुर्वा शक्तिले नौलोजनवादी क्रान्तिलाई रोक्न सक्नेछैनन्।तर त्यसको लागि समय लाग्छ कामरेड भन्न जति सजिलोछ बन्न त्यो भन्दा कयौँ गुना दुःखछ।अहिले देशभित्र बिगतका दिनहरु भन्दा बढि कम्युनिष्टको संख्या भयको जस्तो देखिएता पनि कम्युनिष्टको बिउ बचाउन धेरै कठिनछ।

चर्चामा

सम्बन्धित समाचार