शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • ~~> कम्यूनिष्ट कार्यकर्ता कस्तो हुनुपर्छ?

~~> कम्यूनिष्ट कार्यकर्ता कस्तो हुनुपर्छ?

  • शुक्रबार, अशोज २२, २०७८
~~> कम्यूनिष्ट कार्यकर्ता कस्तो हुनुपर्छ?

बिन बहादुर रेग्मी  — हामि कम्यूनिष्ट भन्न ता मन पराऊछौ तर बन्न सक्दैनौ किनकी हाम्रा कयौ सयौ कमिकमजोरी छन। एक पटक रातो किताब पढेर कण्ठ पार्दैमा हामी कम्युनिष्ठ बन्दैनौ।मंचमा भाषण गरेर ताली बटुलेर मात्रै पनि हुदैन।रातदिन झोला बोकेर हिडेर मात्र पनि हुदैन।कविता किताव गजल खण्डकाव्य ऊपन्यास ठेली किताब लेखेर मात्र पनि हुदैन।कम्युनिष्ट नैतिकताको पाठ पढेर व्यवहारमा ऊतार्न त्यति सजिलो पनि छैन।निम्न पुजिवादी चिन्तनले यति ग्रसित भको हाम्रो दिमागमा एऊटा क्रान्तिकारी चिन्तनको विकासले मात्र आफुले आफुलाई बदल्न सम्भव छ।
पहिला कुरो ता हामीले सर्वहारावर्गको हितको लागि आमुलपरिवर्तन गर्ने ऊद्द्यश्यले राजनिती गर्दैछौ भन्ने बुझ्नुपर्छ।यसको अर्थ यो हो कि सुदुर अध्यारा बस्ती झुग्गी झोपडीमा बसेर विहानीको लालीकिरण ऊदाऊने प्रतिक्षा गरिरहेका दुखी गरिब हाम्रा जनता हुन। त्यहाँ जानुपर्छ।घुलमिल हुनुपर्छ। चकटीमा बसिदिनुपर्छ।आगनमा सुतिदिनुपर्छ।रूखोबुको मिठो मानेर खाईदिनुपर्छ।ऊनिहरूको दैनिक समस्यासंग एकाकार बन्दै मन जित्नुपर्छ र जनान्दोलनको पृष्ठभुमि तयार पार्नुपर्छ।
त्यसपछि त्यो भोको पेट र गरिबीको थिचोमिचोबाट बिस्फोट हुने क्रान्तीको ज्वालामुखीले ऊज्याला बस्तीका ऐश आरामको स्वर्गमा रमाएका सुखिलामुखिला सबै जाग्छन र रातारात राता मान्छे बन्छन। त्यो भन्दा पहिला तिनिहरूलाई पढाऊनु समयको वर्वादी हो किनकी तिनीहरूको जिवनसैली धनसम्पती जोर्ने र देखाऊनेमै व्यस्त छ।तिनीहरूलाई क्रान्ती चाहिएकै छैन।तिनिहरूलाई परिवर्तन चाहिएकै छैन….होईन र?
हिजो अस्ति केही साथीहरुले एमाले विधान महाधिवेशनको खाना खाएको मेशको हाइफाई फोटो हालेर भाईरल गर्नु भएको थियो। कम्युनिस्ट ले अर्थात् दुखी जनताको हितमा काम गर्ने भन्ने पार्टीले यस्तो भी आई पि खाना खाएको सुहाउँदैन भन्ने क्याप्सन ट्याग राखिएको थियो। हो एमाले कम्युनिष्टको ट्रेडमार्क मा जनता झुक्याउने खेल खेलिरहेको छ। हामीले उसको नीति सिदान्तको चिरफार गर्नु पर्थ्यो। जनतालाई सचेत बनाउनु पर्थ्यो। तर मेषको खाना लाई भाइरल बनाइयो यसको अर्थ यो पनि हो की जनता र केही सचेत भनिने कार्यकर्तामा पनि सैदान्तिक चेतनाको कमी छ। मेश कस्तो हुनुपर्छ त्यो त आयोजक कमिटीको तयारी बजेटमा भर पर्छ। बजेट सानो भयो भने गिलो भात र कपेली तिहुनले पनि काम चलाउन पर्छ, बजेट राम्रो भयो भने भेज ननभेज बोफार प्याकेज उपलब्ध गराउन पनि सकिन्छ। कम्युनिस्ट पार्टी मा लागेका मान्छेहरू जहाँ जस्तो परिस्थिति बन्छ त्यही हिसाबले बाँच्ने बानी बसाल्नु पर्छ। ओढारको बास, खोलाको चिसो पानी , जौको सातु, मकै भुटेको खाएर हिँड्ने क्रममा कहिले काँही मिठो मसिनो खान मिल्यो भने खानै हुँदैन भन्ने हुँदैन। खानाको कुरा सँग राजनैतिक बहस नगरेकै राम्रो हो। कुरो एमालेको मात्र होइन, सबै राजनैतिक दल पार्टीले गर्ने सभा सम्मेलन मेस को हो। मेसको आलोचना सैदान्तिक आलोचनामा पर्दैन। सकेसम्म मेस राम्रो सफा मसालेदार स्वादिष्ट हुनै पर्छ, त्यस कुरामा आयोजक समितिका मेस समितिको ध्यान जानै पर्छ। कम्युनिस्ट हौ भन्दैमा ढुंगा लाग्ने गिलो भात र छोक्रा नदेखिने दालको पातलो झोल मात्रै खानु पर्छ भन्ने होइन, सके सम्म बजेटले भ्याएँ सम्म मेस राम्रो सफा मसालेदार स्वादिष्ट हुनै पर्छ भन्ने मेरो बुझाइ छ। बाँकी राजनीतिक सैदान्तिक चेतनाको विकास गर्न पार्टी दस्तावेज अध्ययन, प्रगतिशील साहित्य अध्ययन गर्नुपर्छ। कोही कुरा काम गर्दा गर्दै सिक्दै जाने हो। अध्ययन र व्यवहारकाे अनुभवले हामी कम्युनिस्ट बन्दै जाने हो। कम्युनिस्ट नैतिकताको विकास गर्दै जाने हो। आमूल परिवर्तनको लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको हितको लागि त्यागी र समर्पित हुने हो। तपाईं कति तयार हुनु भयो समयले मूल्यांकन गर्छ।

चर्चामा

सम्बन्धित समाचार