शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • हाम्रो भित्र रोग पनि हुन्छ!

हाम्रो भित्र रोग पनि हुन्छ!

  • बुधबार, अशोज २०, २०७८
हाम्रो भित्र रोग पनि हुन्छ!

सुरेशकुमार पान्डे — बिमार मानिसको सरिर मात्र हुँदै मन र मष्तिक पनि हुन्छ।यो नौलो कुरा होईन सबैमा सबथोकको उपचार हुन्छ।तर समय सकिएपछि आफु संग शेष मात्र अफ्सोच बचेको हुन्छ।
हामिले लामू समय सम्म मार्क्सवादको अध्यायन गरेका हरुले कसैको ब्यबहार बाट उसको नियति बुझ्न नसक्नु पनि हाम्रो कम्जोरीहो।कोई मरिसकेपछि त्यसलाई बिउंताउँने कोसिश गर्नु पनि मुर्खताहो।
ईतिहाशमा देख्दै भोग्दै आयौं अवसर बादको चरित्र,तर हामि मध्य कसैले पनि शिक्षा लिन सकेनौँ।त्यसको मत्लब हामि आफै अवसरबाद हौँ भने त हामिले कसैलाई निको गराउँनै चाँहादैनौँ।
तर मरेपछि भन्छौँ अंझै समयछ बाँच!किन हामि त्यो समाजमा हुरकियौँ जुन समाजले चमत्कारी कथा सुनायो त्यो हाम्रो मन मस्तिकभित्र बाट निक्लिन सकेकोछैन।
हिंजो एकजनाले मलाई मोवेल दियो म फ्रुरर परें उसैको नतमस्तक भए।आज उसले मसँग त्यसको बद्लामा केहि लिन खोज्दा मैले कसरि बिरोध गर्ने?
हिंजो एकजनाले मलाई कुनै गिफ्ट दिने पेसकस गय्रो मलाई उस्ले गिफ्ट दिंदा खुसि लाग्यो।गिफ्ट कोसेली भनेको स्वार्थ रहित थोरै स्वर्थि धेरै हुन्छन त्यसबारे बुज्नै पर्छ।मलाई गिफ्ट दिनेबेलामा मञ्चमा उभ्याए अनि कसैले यता फर्किनुस कसैले उता फर्कीनुस भनेर भन्दा र म कटपुत्लि जस्तै उभिएर गिफ्टको लागि दुईहात तान्दा देख्नेहरुलाई मलाई केसम्झिन्छन भनेर थोरै पनि चिन्ता ममा भैन।मैले त्यो कोसेली प्राप्त गर्नु थियो मलाई थाहाथिएन त्यो कोसेली कुन उदेश्यले आएको हो।मैले मेरो आत्मालाई त्यो कोसेली लिनमा लगाएँ।
कसैले केही दियो भने पहिले आफु बसेको ठाउँलाई नियाल्नु पर्छ र आफुबाट अरुलाई कस्तो असर पर्ला भनेर सोंच्नुपर्थ्यो तर मैले सोंच्न सकिन त्यो लैपटाप पनि लिए।त्यो बास्तबमा मभित्रको रोघहो।यसो भन्दा कसैले कोसेलि लिने हुँदैन भन्न खोजिएको पनि होईन।तर ब्याक्तिले दिएको कोसेली र संस्था संगठनले दिएको सम्मान फरक-फरक कुरा हुँन्छन।कुनैपनि संगठनमा लागेको मानिसले ब्याक्तिगत कोसेली लिन्छभने त्यसबारेमा अलि बेर सोंच्नुपर्छ।चुनाव आएको बेला प्रतिकृयावादीहरुले हाम्रो समर्थन लिन सहयोगको पेचकस गर्छन।कयौं चुनावको बेलामा भोट दिन्छ भनेर पैसालिएकाहरु हामिले फिर्ता गर्न ठुलो शंघर्ष पनि गर्ने गरेका उधारणहरुछन।चन्दा लिंदापनि हामिले झुकेर उस्को नतमस्तक भयर लिनु हुँदैन मेरो बिचारमा।
समाजमा बिभिन्न प्रकारको उदेश्य पुरागर्न लागेका थुप्रै मान्छे छन।त्यो हामिले देख्दै र भोक्दै आएको कुरानै हो।
कहिले कांहि हामिले राम्रा यौद्धाहरु निस्वार्थ क्रान्तिकारीहरु लाई पनि निफनेका हुन्छौँ अबसरवादको बिचारमा बगरे।नेपालको कम्युनिष्ट आन्दोलनमा अवसरबादको हालिमुहालीछ।यो सबै बुझ्दा बुझ्दै पनि हामिले कसैलाई उस्को ब्यबहार देखेर नियति पत्ता लगाउँनुको सट्टा त्यो रोगि भयकोछ भनेर कतै बाट आवाज आयो भने हामिले त्यो आवाजलाई नै रोगि बनाई दिन्छौँ।यहि कम्जोर पक्षहो लामूसमय सम्य काम गरेको ब्याक्तिपनि पलायन भएको हुन्छ।कसैलाई बिदाई गर्दा सम्मान गर्ने कोसेली प्रमाण पत्र दिने ब्यबहार छुट्टैहो।आफ्ना ईमान्दार पेसेवर समेत उनिहरुका परिवारको पनि रेखदेख गर्नु ठिकहो।तर त्यो ब्याक्ति पेसाको लागि त पेसेवर भयकोछैन यसपर्ति पनि हामि चनाखो हुनैपर्छ।हामीले हिंजो चामल बाट बियां निकाल्थ्यो आज बिया बाट चामल छान्नु परेकोछ।यो कस्को कमिले गर्दाहो यसमा हामिले आत्म भिष्लेषण गर्नेकि नगर्ने मनथन गर्नेकि नगर्ने?एकजनालाई ठिक लागेन उजान्छ जान दिउँ जाँदा उस्लाई भय नभयका आरोपहरु पनि नलगाउँ। तर त्यो किन गयो त्यो जाने ब्याक्तिको मात्रै दोशहो कि त्यसमा हामिपनि थोरै धेरै जिम्मेवारछौँ?यसबारेमा पनि हामिले आत्मा मन्थन गर्नुपर्छ।
एकजानाले भन्नु भयो “भिरबाट हाम्फाल्नेलाई काँद दिन सकिदैन”मैले भन्छु आफ्नो साथिहो भन्ने लाग्छ भने त्यसलाई भिरमा जानबाट जोगाउँ।
हाम्रो एउटा कम्जोर पक्ष के रहेकोछ भने हामिले समयमा उस्को कार्यप्रणालि तिर ध्यायन दिदैनौं,बरु उस्का क्रन्तिका चर्का नारा वा भावना तिर बगेर उस्को जी हजूरी देखेर उस्लाई हालिमुहाली गर्ने ठाउँ दिन्छौँ।त्यसैको परिणाम त्यो रोघग्रस्थ हुन्छ।यो बिषय बस्तु समग्रहमा छलफल गर्दा वा मैले यति भन्दा कसैको आलोचना गरेको ठान्नु भयन मेरो आफ्नो बिचारहो।यो मेरैलागि पनि सत्यहुनसक्छ।हामि भनेपछि हामि सबै पर्छौ।तर चोरको टाउकामा सिन्को भयो भने त्यसले आर्कै मोड पनि लिन सक्छ।यो बिचार पर्ति हामि सबै सचेत हुनुपर्छ।संगठनको बिकासका लागि झोलाबोकेर हिंड्ने हरु संगठनको मूलधारमा रहनुपर्छ।हामि सबैको साझा संगठनहो भनठान्नेहरुले संगठन बाट एकजाना असन्तुष्ट भयो भनेपनि उस्लाई सम्झाउँने बुझाउँने तिर लाग्नुपर्छ।उसलाई भड्काउँने सराप्ने तर्फ लाग्नु हुँदैन।संगठनका लागि एकदिनको लागि पनि समय दिन्छ ईमानदारि सँगभने त्यो स्वागत योग्य कुराहो भन्ने मेरो बुझाईहो।हामि सबैको उदेश्य सबैभन्दा पहिले देशभक्ति हुनुपर्छ।राजनीति भनेको समाजलाई राम्रो बाटो देखाउँने माध्यायम हुनु पर्ने तर त्यसो अपवादनै देखिन्छ।
मानिसहरु कौवाको पछि भाग्ने गर्छन तर आफ्नो अनुहार देख्दैनन।अरुलाई मैलो भन्नेहरुले आफ्नो पिठ्युँको मयल पनि सफा गर्नु पर्छ।
अहिले रातो झण्डाको ओटमा पनि बिदेशीका दलालहरु लुकेका हुनसक्छन।हामिले उनिहरुको ब्यबहार बाटनै बुझ्न सक्नुपर्छ।खालि क्रान्तिकारी गफ लगाएर क्रान्ति हुँदैन।चर्को नारा लगाउँने सबै क्रान्तिकारी हुँदैनन् भन्ने बारेपनि हामिले बुझेर आफु र आफु जस्तालाई सचेत निरोगि बनाउँन सक्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार