बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • गाँउमा बिकास हुन नसक्ने केही कारणहरु!

गाँउमा बिकास हुन नसक्ने केही कारणहरु!

  • मङ्लबार, अशोज १९, २०७८
गाँउमा बिकास हुन नसक्ने केही कारणहरु!

सुरेशकुमार पान्डे — हाम्रो देशको भू-भाग खास गरेर पहाडि भाग ६५प्रतिहतछ।
पहिले पहाडमा हाम्रा बाउ बाजेहरुले बञ्जर भूमिलाई आवाद बनाउँन आफ्नो साराजीवन खर्चिनु भयो।खोरिया फाँडेर खेति किसानि गर्नु भयो।हाम्रो नेपालीका शन्तानहरुले आफुले खाए पनि नखाए पनि कुखुरा,बाख्रा,गाई, भैंसी लगायत भेडा र दलितहरुको घरमा वा जनजातिहरुले सुँगुर पनि खुबै पाल्नु भयो।मलाई सुँगुरको बारेमा त्यति जानकारीछैन तर अरु गाई बस्तु पहाडि भेगमा सबैका घरमा हुन्थे।त्यसले गर्दा बञ्जर जमिनमा पनि मल्यालो माटोले गर्दा खेति हुन्थ्यो।हिंउँदे बालि अलि कम भयपनि बर्खे बालि मकै,कोदो,लगभग सबैले रोपने गर्थे।मानिसलाई अर्को चिन्ता भन्दा पहिलो चिन्ता खेतिपातिको थियो।गाई गरू लगायतका डि़गा बाच्छा कोथियो।जति ठुलो अनिकाल परेपनि बिउ मस्दैनथे।त्यो माटोमा उब्जिएको बिउ लाभदायक हुन्थ्यो।
पछि हामिले बिदेश धाउँन थाल्यौं र छोरा छोरीलाई पढाउँन थाल्यौँ।भयो के भने पढेर आधुनिक प्रकारका किसन बनेर राम्रो उत्पादन गर्छनकी भनेर हामिले सोचेका थियौं हाम्रा औलादहरु त्यसको ठिक बिपरित गए।उनिहरु न त क्रान्तिकारी भए न राम्रा किसान।उनिहरुले पढेको डिग्रि लिएपछि नोकरी खोज्नथाले।किसानी काम गर्न गाई भैंसी पाल्न हलो जोतन लाज मान्न थाले।अलि अलि काम पाएपछि त्यसैमा उल्झेर जीवन खेरा फाल्नथाले।पढे लेखेका छोराहरुले बिहे गर्न पनि उस्तै अल्छिलाई रोजे भयो के भने अब छोरा र बुहारी किर्षक भयनन्।उनिहरु मानसिक रुपमानै मनका गुलाम भए र सुख भोगि भए।अब किसानी गर्न नमान्ने राम्रो पेसा नपाउँने त्यसैको परिणाम उनिहरु बिदेश तेस्रो मुलुक मा रोजगारको लागि धाउनथाले।सरकारलेपनि उनिहरुलाई राहदानि दिएर बिदेशजाने छुट दियो।बिदेश गएर आर्काका जुठा भांडा माज्न टाईलेट सफा गर्न र भेडाचराउँन अरबको खाडिमा पचास डिग्रिको घाममा ऊंट चराउँन उनिहरुलाई राम्रो लाग्यो तर आफ्नो जमिनमा हलोजोत्न त्यो राम्रो लागेन।उनिहरुका परिवारहरु बढि सुकभोगि भएकोले गर्दा श्रीमानले अरबदेशमा सजाए पाएकोछ।तरपनि ति महिंलाहरुलाई अक्कल आएन।माफ गर्नुहोला आफ्नो श्रीमानले बिदेशमा केकाम गर्छन भन्नेबारे सोध्नुभयो भने थोरै अक्कल आउँछकी?मात्र श्रीमानको भरमा बाँचेका महिलाहरुको के काम?बच्चा मात्र जन्माउँने वा पुरुषको हृदयको धड्कन बनेर रजाईं गर्ने यो गतिले कसैको भबिस्य बन्दैन देशको त टाडाको कुराहो।
अब खेति पाति भएकाले त्यो आफै लगाउँदैधनन् अँधिया दिन्छन।एक त पहाडि भुभागमा सिंचाईको ब्यबस्था नगन्यछ आर्को खेति गर्न खोज्नेमान्छेहरु छैनन्।थोरै जमिन भयकाहरुको जमिन न त कसैले अँधिया लगाई दिन्छ न उनिहरुलाई त्यो जमिनबाट खान पुग्छ परिणाम त्यो बिस्तारै बञ्जर बन्दै जान्छ।
तराईमा १७प्रतिसत भूभागमा देशको जनसंख्याको अत्याधिक भाग बसेकाछन।त्यो जमिनमा भूमाफियाको कब्जाछ।अहिले जीवनभरी काम गरेर एक कठ्ठा जमिन किन्न सकिदैनन्।बिदेशीले अतिक्रमणपनि त्यहि जमिन गरेकोछ।यो हालतमा देश काँ पुग्छ।अब बिस्तारै देशको पहाडि भुभागमा मानिसहरु जानेछन जब उनिहरुले एउटा घडेरी समेत किन्न सक्नेछैनन्।जमिन महंगो भयो हिंजो बाले दिएको दुई कट्ठालाई हामिले दुई भाई जन्माए पछि दिने एक एक कट्ठा अनि हाम्रा छोराहरुले उनिहरुका छोराहरुलाई घडेरी पनि जब दिन सक्छन आफुले जीवन भरि मज्दुरी गरेर पर्वरिश गर्न सके भनिमात्र।यो अबस्थामा हाम्रो देश र युवाशक्तिले कुन बाटो छोप्ने प्रष्टछ।राज्यले किर्षिक औजार र मल बिउ सिंचाईका साधन उपलब्द गराउँने अनि नेपालीहरुले किसानलाई जन्माउँने गरेभनिमात्र नेपालको भबिश्म्यछ।

चर्चामा

सम्बन्धित समाचार