शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • जागरण क्लबका मान्छेहरूको नियतमै खोट छ

जागरण क्लबका मान्छेहरूको नियतमै खोट छ

  • आइतवार, अशोज ३, २०७८
जागरण क्लबका मान्छेहरूको नियतमै खोट छ

मैंले सानोमा धेरै पटक चोरी गरेको छु गल्ती मानेर सजाय स्वीकार पनि गरेको छु यद्यपि म त्यतिबेला राजनीति के हो थाहै थिएन, कम्युनिस्ट नाम त झन सुनेकै थिएन।
घरमा भैंसी दुहुनो थियो, कहरैमा दूध पकाएर सेलाउनलाई अगेनाको छेउमा राखेको हुन्थ्यो आमा गोबर सोत्तर गर्न गोठ जानु भएको हुन्थ्यो, मैंले मुख लगाएर करहाईको दूध खाइदेन्थे। आमा आउँनु हुन्थ्यो दूध के ले खाएछ सोध्नु हुन्थ्यो, मैंले विरालु आएको थियो भनेर झुठ बोल्थे, आमाले मेरो मुख हेरेर मुसु मूसु हास्दै भन्नु हुन्थ्यो यो बिरालु लाई पख एक दिन समात्छू, मैंले दूध खाएर मुख पोछन बिर्सेछु अझ भनौं भने सबूत मेटाउन मुख पोछनु पर्छ भन्ने नैं थाहा थिएन। दूध मा लागेको तर मा मुख डुबाएको ठाउँमा दुलो हुँदोरहेछ अनि जति दूध तनकाएको हो त्यति लेबल तल जादोरहेछ। पहिलो कुरा त मैले चोरी गर्दैछु भन्ने नै थाहा थिएन। डरले गर्दा मैले खाएको होइन भनेर प्रमाणित गर्न नभाको बिरालो लाई आरोप लगाउनु झुठ हो भन्ने पनि थाहा थिएन। दूध मिठो लाग्थ्यो मलाई त्यत्ति मात्र थाहाँ थियो, आमाले दिएको भन्दा त्यसरी सिधै मुख लगाएर खानुको मजा अर्कै थियो। एक दिन पुरै तर लाप्लुप खाइदिए अनि ढोका खुल्ला छोड़ेर मात्थिर बंगाली बाजेको आँगनमा खेल्न गए। खेल पनि एक्लै दाइ हाल्ने वियो समातेर घुमिरहे , घुम्दा घुम्दै रिंगटा लागेर उल्टी आयो पुरै तर खाएको सबै उल्टी गरें त्यतिबेलै तलबाट आमा हातमा भुते खुकुरी समातेर गुन्यो माथि माथि हालेर कराउँदै आउँनु भयो, येलाई त आज काटेरै छाड्छु भनेको सुने, लुक्ने भाग्ने ठाउँ कहीं कतै देखिन, म त आत्तिए, हत्तपत्त छेउको बाख्रा खोरमा घुसे र भित्रबाट चुकुल लगाए। त्यहाँ त कुखुरा पनि रहेछन्। मलाई देखेर कुखुरा कात्काटकुटकुट गर्न थालेँ, यता कुखुरा कराएका छन् उता बाहिर आमा कराउनु भएको छ। कुन्नि कसरी खोरबाट मलाई तानेर बाहिर निकाल्नु भयो र बीउ खाबा मा बानेर बेलुका सम्म राख्नु भयो, पछि बाउ आएर खोल्दिनु भयो। त्यस पछि नसोधी खाने गर्ने काम चोर रहेछ भन्ने बुझे। मैंले चोर्न छोडें।
अलि ठूलो भए पछि काक्रा चोरको ग्याङ्ग मा परे, उनीहरूको प्लान रहेछ बैगरे साइलाको काक्रा चोर्ने। अन्धेरी रात थियो, एउटा झालमा चढने अर्कोले बोरा थाप्ने मलाई टर्च लाइट देखाउने जिम्मा दिए। काक्रा झालमा बऐरकाँडा लगाइएको थियो। पूरा दिन बीउ खाबामा बाँधेको यो ज्यानले टर्च लाइट देखाउने जिम्मा पाएको थियो। डरले म थरथरी कामेको थिए, जहाँ काक्रा छ त्यहाँ लाइट जाँदैनथ्यो, तैपनि त्यो मिशन पूरा गरे ति खेलाडीले। दोबारा म त्यो ग्याङमा सामेल भइन् किनकी म मा समझदारी आइसकेको थियो। त्यसपछि म मा कसैले पनि चोर को दाग लगाउने ठाउँ पाएनन्। किनकी मैले दोवारा गल्ति नै गरिन।
हिजोआज कम्युनिस्ट आन्दोलन मा लागेका, आफूले आफैलाई क्रान्तिकारी कम्युनिस्ट हौ भन्नेहरू मेरो त्यो बचपना को जत्ति पनि बुद्धि नभाको हो कि भन्ने लाइराछ। सन्त बहादुर नेपाली ले त गल्ति भयो म तल सेलमा बसेर काम गर्छु भनेर सौहार्दता का साथ बैठकबाट बाहिरिएका हुन नि। जागरण क्लबको इन्चार्ज हुनुहुन्छ। त्यो गुटबन्दी गल्ति होइन र? हांकलाई पार्टीकरण गर्ने निर्णय नमान्नु मामाको गल्ति होइन र? हाँक प्रकरण र जागरण क्लबको गतिविधिमा संलग्न रहेका सबैको गल्ति छ नि। हो यसैमा आत्मसमीक्षा गर्नुपर्छ, पार्टीमा पुन: पहिलाकै अवस्थामा जुझारुपन आउँछ। पार्टी एक ढिक्का हुन्छ। तर यिनीहरू बाट आत्मसमीक्षा गर्नुपर्छ हुन्छ भन्ने सम्भावना नै छैन किनकी यिनीहरू नियतवस पार्टी सक्ने खेलमा छन्। जागरण क्लबका मान्छेहरूको निएतमै खोट छ। यिनीहरू विना नै पार्टी चलाउने साहस गर्नै पर्छ। पार्टीका यौद्धाहरू को लागि अग्निपरीक्षा को घडी आएको छ। गलत प्रवृत्तिको विरूद्ध सम्झौताहीन संघर्ष गरेरै अगाडि बढ्न सकिन्छ अर्को विकल्प नै छैन।

चर्चामा

सम्बन्धित समाचार