मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाचार
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • शुक्रबार, अशोज १, २०७८
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी खोटाङ घर भइ भक्तपुर मध्यपुरठिमी नगरपालिका-९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत असार २९ गतेको फैसलाले १० दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुरबाट फेला पारी पक्राउ गरेको हो ।

हिरालालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितहरूलाई झुक्यानमा पारी सेन्चुरी बैंकको चेक दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार