शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • १६ वर्षीया किशोरी बनिन् गाउँपालिका अध्यक्ष

१६ वर्षीया किशोरी बनिन् गाउँपालिका अध्यक्ष

  • मङ्लबार, भदौ २९, २०७८
१६ वर्षीया किशोरी बनिन् गाउँपालिका अध्यक्ष

मोरङको बुढीगंगा गाउँपालिकामा एक दिनको लागि १६ वर्षीया किशोरी अध्यक्ष बनेकी छन्। ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा सुस्मिता ऋषिदेव एक दिनको लागि गाउँपालिकाको अध्यक्ष बनेकी हुन् । उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका अध्यक्षले गर्ने सबै काम गर्न पाउने छिन्।
गाउँपालिकामा बैठक बसेर ऋषिदेवलाई अध्यक्षमा चयन गरिएको हो। बालअधिकारको वकालत र नीति निर्माण प्रक्रियामा बाल सहभागिताको सुनिश्चितता तथा स्थानीय सरकारको कामकाजको बारेमा बालबालिकालाई सूचित गर्नको लागि सांकेतिक रूपमा मोरङको बूढीगंगा गाउँपालिकामा बालिकालाई ‘एक दिने अध्यक्ष’ बनाउने कार्यक्रम राखिएको हो ।।

गाउँपालिकालाई बालमैत्री बनाउने, बालविवाह अन्त्य गर्नको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र बालबालिकाहरूले कार्यक्रमहरू सञ्चालन गर्न ५० हजार रूपैयाँको कोष समेत खडा गरिएको बुढीगंगा गाउँपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार