शुक्रबार, अशोज १, २०७८
  • होमपेज
  • समाचार
  • घरको छतमा आफ्नै शिशुको हत्या गर्ने आमा-बुवा पक्राउ

घरको छतमा आफ्नै शिशुको हत्या गर्ने आमा-बुवा पक्राउ

  • मङ्लबार, भदौ २९, २०७८
घरको छतमा आफ्नै शिशुको हत्या गर्ने आमा-बुवा पक्राउ

रुपन्देही — रुपन्देहीको गैडहवाका एक दम्पतीलाई प्रहरीले आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छ । गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । हत्याको कारण एकिन भएको छैन । २६ गते बिहानपख करिब १ बजे शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली गैडहवामा गएको थियो ।

घटनास्थलको सुक्ष्म अबलोकन गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको प्रहरीले जनाएको छ । बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको थियो । ‘बरामद गरिएको प्राप्त प्रमाणको आधारमा सुक्ष्म रुपममा अनुसन्धान तथा सोधपुछ गर्दा मृतक आमा बुबाले हत्या घटना स्वीकार गरेको,’ प्रहरी नायव उपरीक्षक थापाले बताए ।

घटनामा संलग्न रहेका श्रीराम मल्लाह र उनकी श्रीमती रेनुलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार