शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • देशभरको मौसममा बदली, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

देशभरको मौसममा बदली, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

  • मङ्लबार, भदौ २९, २०७८
देशभरको मौसममा बदली, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ — आज देशभरको मौसममा बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय प्रणालीका कारण मौसममा बदली आएको छ । यसैको प्रभावले आज हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको हो ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति वाग्मती र गण्डकीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

बुधबार प्रदेश १, २ र वाग्मतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार