शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

  • सोमवार, भदौ २८, २०७८
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

गुल्मी — चन्द्रकोट गाउँपालिका-७ बतासे बस्ने ४८ वर्षीय शिव बहादुर पुलामीको कुटपिट गरी
हत्या गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २७ वर्षीय हिम बहादुर पुलामी र सत्यवती गाउँपालिका-३ बस्ने २१ वर्षीय हिमाल रहादी रहेका छन् । उनीहरुबीच सामान्य विवाद हुँदा शिवकै भतिजो पर्ने हिम बहादुर र हिमालले मादक पदार्थ सेवन गरी गत बिहीबार कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मजुवाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । साथै प्रहरीले घाइते शिवलाई उपचारका लागि स्थानीय मेडिकल सुबसराथी क्लिनिक प्रालि मजुवा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार