शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

  • सोमवार, भदौ २८, २०७८
थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं — पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२६० रहेको छ र संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र १६७२ जना संस्थागत आइसोलेसनमा छन् ।

चर्चामा

सम्बन्धित समाचार