शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • ३८ वर्षे महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

३८ वर्षे महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

  • सोमवार, भदौ २८, २०७८
३८ वर्षे महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

काठमाडौं — ३८ वर्षे महिलालाई बलात्कार गरेको आरोपमा पर्वत प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। पैयुँ गाउँपालिकाका ती किशोरमाथि ३८ वर्षे महिलालाई बलात्कार गरेको आरोप लागेको हो।

गत वैशाख १५ गते साँझ खेतमा काम गरिरहेको समयमा ती महिलालाई किशोरले बलात्कार गरेको जाहेरीमा उल्लेख छ। सोही उजुरीका आधारमा प्रहरीले शनिबार किशोरलाई नियन्त्रणमा लिएको हो।

उक्त विषयमा जिल्ला अदालतबाट आइतबारदेखि लागु हुने गरी ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार