बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता

खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता

  • सोमवार, भदौ २८, २०७८
खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । ६ नम्बर वडाको अँधेरीखोलाले सोही गाउँपालिका १३, कि ४० वर्षीया हिरा विकलाई बगाएको हो ।

खोला तर्ने क्रममा विकलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रहरी चौकी हुकाम र इलाका प्रहरी कार्यालय प्वाङले उनको खोजी कार्यमा जारी राखेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार