शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • ‘जागिर लगाइदिन्छु’ भन्दै ठगी गर्ने पक्राउ

‘जागिर लगाइदिन्छु’ भन्दै ठगी गर्ने पक्राउ

  • सोमवार, भदौ २८, २०७८
‘जागिर लगाइदिन्छु’ भन्दै ठगी गर्ने पक्राउ

पिजी रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिव्यक्ति दुई हजार ५०० रूपैयाँका दरले रकम उठाएर काममा नलगाई ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जा, फेदीखोला गाउँपालिका-४ स्थायी घर भई हाल कास्की, पोखरा महानगरपालिका-२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

निजलाई यही भदौ २५ गते पक्राउ गरी ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

चर्चामा

सम्बन्धित समाचार