शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • वनरक्षकको अभ्यास गर्न नदीमा जाँदा डुबेर मृत्यु

वनरक्षकको अभ्यास गर्न नदीमा जाँदा डुबेर मृत्यु

  • सोमवार, भदौ २८, २०७८
वनरक्षकको अभ्यास गर्न नदीमा जाँदा डुबेर मृत्यु

वनरक्षकको परीक्षाका लागि पौडी खेल्ने अभ्यास गर्न नदीमा जाँदा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दाङको राप्ती गाउँपालिका–८ पिपरीका १९ वर्षीय आशिष चौधरीको आइतबार डुबेर मृत्यु भएको हो ।

उनी दंगीशरण गाउँपालिका–३ स्थित बबई नदीमा पौडीको अभ्यास गर्न गएका थिए । नदीमा पौडिन नसकेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

‘वनरक्षकका लागि पौडिनुपर्ने, रूख चढ्नुपर्ने रहेछ’, उनले भने, ‘त्यसकै लागि उनी बबई नदीमा हाम फालेछन्, राम्रोसँग पौडिन नआउने रहेछ, त्यसपछि उनको मृत्यु भयो ।’ आफूहरूलाई दिउँसो १ बजेतिर जानकारी आएको डिएसपी अर्यालले बताए । उनी घरका एक्ला छोरा हुन् । आशिषले घोराहीमा अटोमोबाइल्स कोर्स पढिरहेका थिए । शुक्रबार मात्रै उनका साथी विशाल चौधरीको घरमा गएका थिए ।

चर्चामा

सम्बन्धित समाचार