शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • तीन वर्षीया बालिका मृत फेला

तीन वर्षीया बालिका मृत फेला

  • सोमवार, भदौ २८, २०७८
तीन वर्षीया बालिका मृत फेला

मदाने गाउँपालिका–२ बाँझकटेरीकी उमा पोख्रेलकी तीन वर्षीया छोरी आयुषा पोख्रेल आइतबार बिहान मृत फेला परेकी छन् । शनिबार बालिका छिमेकीकोमा पञ्चमीको पूजामा गएकी थिइन् । पूजा सकेर टीका लगाउन खोज्दा बालिका नभेटिएको वडाध्यक्ष माधव भुसालले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपालचन्द्र भट्टराईका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । बालिकाको अनुहारमा निलो र चिथोरे जस्तै दाग देखिएका छन् । प्रहरी प्रमुख भट्टराईले प्रारम्भिक अवस्थामा जंगली जनावरको आक्रमण जस्तो देखिए पनि बालिकाको शवको पोस्टमार्टमसहित अरु अनुसन्धान अगाडि बढाउने बताए ।

चर्चामा

सम्बन्धित समाचार