शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बारामा नक्कली नोट सहित ५ जना पक्राउ

बारामा नक्कली नोट सहित ५ जना पक्राउ

  • आइतवार, भदौ २७, २०७८
बारामा नक्कली नोट सहित ५ जना पक्राउ

बारा– निजगढ नगरपालिका-८ स्थित तारा ईन होटलबाट १ हजार दरको २५ थान नक्कली नोट सहित ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रौतहट गुजरा नगरपालिका-३ बलुवा टोल बस्ने २४ वर्षीय सुनिल कुमार राम, सोही ठाउँ बस्ने ३६ वर्षीय रविन्द्र कुमार चौधरी, बारा करैयामाई गाउँपालिका-५ बस्ने ३६ वर्षीय बिशेश्वर प्रसाद चौधरी, बारा कलैया उपमहानगरपालिका-९ रामपुर टोल बस्ने २४ वर्षीय सागर शुक्ला र सोही ठाउँ टेङरहर टोल घर भई बारा बिश्रामपुर गाउँपालिका-५ ईटियाही टोल बस्ने २५ वर्षीय राजु कुशवाहा रहेका छन् ।
उक्त होटलको कोठामा नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलाभित्र राखेको १ हजार दरको २५ थान नेपाली नक्कली नोट फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.९१ प ७४३५ नम्बरको मोटरसाइकल र बा.१४ च ९३८२ नम्बरको गाडी समेत सोही होटल अगाडिबाट प्रहरीले बरामद गरेको छ । थप अनुसन्धानको क्रममा सुनिल कुमार रामको रौतहटस्थित घरमा उक्त नोट तयार गर्ने कटिङ्ग कागजहरू रहेको खुल्नासाथ ईलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी तलासी गर्दा बोराभित्र कार्टुनमा राखेको अवस्थामा १ हजार दरको नोट आकारमा कटिङ्ग गरी रवरले बाँधेको अवस्थामा प्रति १ सय थानको ९३ गड्डी कागज, १ हजार दरको ३९ थान नेपाली रुपैयाँ तथा सोही स्थानमा रहेको बीआर ०५ क्यू ४६१० नम्बरको मोटरसाइकल र प्रदेश २-०३-००१ प ४२६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार